8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर लगियो

- Advertisement -
- Advertisement -spot_imgspot_img

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर पुगेर फर्किएका छन् । न्यूरो अस्पतालमा उपचाररत डा. देवकोटालाई उनको इच्छाअनुसार शनिबार दिउँसो जन्मथलो गोरखा लगिएको थियो ।

डा. देवकोटाले परिवारका सदस्यहरुसँग पुर्ख्यौली घरको पिँढीमा बसेर सुस्ताउने र सिस्नेधाराको पानी पिउने इच्छा व्यक्त गरेका थिए ।

देवकोटालाई चिकित्सक र परिवारका सदस्यहरुले हेलिकोप्टरमा बोहारा गाउँमा लगेका थिए । घरभन्दा करिब समय मिटर माथि हेलिप्याड बनाइएको थियो । उनी आउने खबर पाएर ४/५ सय आफन्त तथा शुभचिन्तक जम्मा भएका थिए ।

देवकोटाले घरमा लगेर पिँढीमा राखियो । लगतै घर नजिकै रहेको सिस्नेधाराको पानी ल्याएर खुवाइएको छ । गिलासको पानी चच्चाको सहयोगले डा. देवकोटालाई पानी खुवाइएको थियो ।

‘यो मुलको पानी हो । घर नजिकै सिस्नेधारा छ’ डा. देवकोटासँगै रहेका आशिष देवकोटाले भने । पुर्ख्यौली घरमा पुग्दा देवकोटाको मुहार हँसिलो देखिएको थियो । उनलाई भेट्न आएका आफन्तहरुसँग दोहोरो सम्वाद भने भएन ।

‘उहाँ होसमै हुनुहुन्छ । म कहाँ आइपुगेँ भन्ने पनि थाहा छ’ आशिषले भने, ‘चिकित्सक र परिवारका सदस्यसँग कुरा हुन्छ । तर, अरुसँग दोहोरो कुराकानी गर्नु भएको छैन ।’ डा. देवकोटालाई शनिबार नै काठमाडौं ल्याइएको छ । त्यसका लागि भने घरमुनी अर्को हेलिप्याड बनाइएको छ । २०७५, जेठ-२६

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!