नेकपा क्रान्तीकारी माओवादी नवलपुरमा उत्तम थापाको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिमा नारायण पंगेनी, बाबुराम पोख्रेल, श्याम कुमाल, टिकाराम काफ्ले, कमल कुवँर, कल्पना विन्दु गौतम, गीता पाण्डे, लोकनाथ पंगेनी लगायत रहनु भएको छ ।
सम्मेलनमा प्रदेश चारका ईन्चार्ज श्याम, जिल्ला ईन्चार्ज अशोक लम्शाल, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिव रामकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उत्तम थापाको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन नारायण पंगेनीले गर्नुभएको थियो । प्रथम जिल्ला सम्मेलन चोरमारामा भएको थियो । जेठ-१९, २०७५