24.1 C
Kathmandu
Saturday, April 20, 2024
Flowers in Chania

नवलपुरका लागि २ अर्ब १९ करोड ८३ लाख बजेट, कावासोती नगरपालिकाको जिल्लामा सबैभन्दा बढी, कुन तहले पाए देशमै बढी र कम

- Advertisement -Flowers in Chania

बर्दघाट सुस्ता पुर्व नवलपुरका लागि आर्थिक वर्ष २०७५ / ०७६ को बजेट मार्फत २ अर्ब १९ करोड ८३ लाख रकम बिनियोजन भएको छ । नवलपुरमा रहेका ८ स्थानिय तहमध्ये सबैभन्दा बढी रकम कावासोती नगरपालिकामा बिनियोजन भएको छ । कावासोती नगरपालिकामा ३९ करोड ८५ लाख रुपैंया बजेट बिनियोजन भएको छ । सबैभन्दा कम बुङदीकाली गाँउपालिकामा बिनियोजन भएको छ । बुङदीकाली गाँउपालिकामा १६ करोड ९५ लाख बजेट बिनियोजन भएको छ ।

यस्तै गैंडाकोट नगरपालिकामा ३४ करोड ३८ लाख, मध्यविन्दु नगरपालिकामा ३५ करोड ३७ लाख, देवचुली नगरपालिकामा ३० करोड ८४ लाख, विनयी त्रिवेणी गाँउपालिकामा २५ करोड ३६ लाख, बुलिङटार गाँउपालिकामा १८ करोड ३० लाख र हुप्सेकोट गाँउपालिकामा १८ करोड ७८ लाख रकम बिनियोजन भएको छ ।

कूल बजेटमध्ये दश खर्ब ६ अर्ब ६७ करोड रुपियाँ बजेट संघले पाएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण अनुसार प्रदेशहरुले एक खर्ब १३ अर्ब ४३ करोड बजेट पाएका छन् । यस्तै स्थानीय तहहरुले एक खर्ब ९५ अर्ब पाँच करोड रुपैयाँ बजेट पाएका छन् । बनेट अनुसार प्रदेश १ ले सबैभन्दा बढी बजेट पाएको छ भने प्रदेश ४ ले सबैभन्दा कम बजेट पाएको छ । सरकारले मंगलबार आर्थिक वर्ष २०७५÷७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको अनुमानित आय व्यय विवरण सार्वजनिक गरेको थियो ।

सबै भन्दा बढी र कम पाउने स्थानीय तह

मुलुकका ७५३ वटा स्थानीय तहमध्ये सवैभन्दा कम बजेट पाउने गाउँपालिकामा मनाङको नार्फु परेको छ । त्यस्तै सबैभन्दा धेरै बजेट पाउने स्थानीय तहमा कास्कीको पोखरा –लेखनाथ महानगरपालिका परेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको बजेट वक्तव्यमा स्थानीय तहलाई विनियोजन गरेको वजेटमा मनाङको नार्फु गाउँपालिकालाई ७ करोड ९२ लाख रुपैयाँ छुट्याइएको छ ।
त्यस्तै सवैभन्दा बढि रकम पाउने कास्कीको पोखरा–लेखनाथ महानगरपालिकालाई १ अर्व ८१ करोड ८६ लाख विनियोजिन गरिएको छ ।

दोस्रो कम पाउने स्थानीय तहमा डोल्पाको डोल्पोबुद्ध गाउँपालिका परेको छ । जसलाई ८ करोड १६ लाख बार्षिक बजेट विनियोजन गरिएको छ । यस्तै दोस्रो धेरै रकम पाउने स्थानीय निकायमा काठमाडौ महानगरपालिका परेको छ । जसले १ अर्ब ७८ करोड ४ लाख पाएको छ ।

त्यसैगरी चितवनको भरतपुर महानगरपालिकालाई १ अर्व २३ करोड ९३ लाख विनियोजन गरिएको छ । रकम विनियोजनका हिसावले यो स्थानीय तह पोखरा र काठमाडौपछि तेस्रोे ठुलो रकम पाउनेमा परेको छ । त्यस्तै वीरगञ्ज महानगरपालिका चौथो धेरै बजेट पाउने स्थानीय तहमा परेको छ  । जसले यो बर्ष ९८ करोड ११ लाख रुपौयाँ पाएको छ । त्यस्तै ललितपुर महानगपालिका पाँचौ नम्बरमा परेको छ ।

यो महानगरलाई यो बर्ष ८९ करोड ७८ लाख  रकम विनियोजन गरिएको छ । महानगरपालिकामध्ये सवैभन्दा कम रकम विनियोजन भएको महानगर बनेको छ विराटनगर । यो महानगरपालिकामा यो वर्ष ७८ करोड २० लाख रुपैयाँमात्रै विनियोजन गरिएको छ ।

त्यस्तै कम रकम विनियोजन भएको स्थानीय तहमध्ये तेस्रो स्थानमा परेको छ बझाङको सेपाल गाउँपालिका । यो गाँउपालिकामा ९ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।त्यसैगरी डोल्पाको शेफोक्सुन्डो गाउँपालिकाले १० करोड १५ लाख पाउने चौथो थोरै पाउने र मुस्ताङको लामोन्थाङ गाउँपालिका १० करोड ५० लाख पाएर पाँचौ थोरै रकम पाउने स्थानीय तहमा परेको छ ।  सरकारले मंगलबार ल्याएको १३ खर्व १५ अर्व १६ करोड १७ लाखको वजेट घोषणा गरेको थियो ।

जसमध्ये सवैभन्दा बढि रकम यातायात पुर्वाधारमा १ खर्व ९ अर्ब ३८ करोड ३७ लाख विनियोजन भएको छ भने भूकम्प तथा बाढीपहिरो पछिको पुननिर्माणमा १ खर्ब ५२ अर्व ८ करोड १३ लाख छुट्याएको छ । त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधितर्फ १ अर्ब ३४ अर्व ५० करोड ८७ लाख विनियोजन भएको छ ।

कृषितर्फ ७९ अर्व ५३ करोड, खेलकुदमा २ अर्व ४ करोड, उद्योगतर्फ १० अर्ब ४८ अर्व ९२ करोड, रोजगारीतर्फ ३ अर्व १० करोड, रक्षामा ४४अर्ब ४२ करोड, ८५ लाख रुपैयाँ विनियोजन भएको छ ।  त्यसैगरी उर्जामा ८३ अर्व ८९ करोड ५२ लाख र पर्यटनमा ५ अर्व २० करोड ३४ लाख विनियोजन भएको छ । जेठ-१६, २०७५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्