27 C
Kathmandu
Saturday, May 8, 2021

नेपाल कम्युनिष्ट पार्टीको नाम फेरिने

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाल कम्युनिस्ट पार्टीले नाम परिवर्तन गर्ने भएको छ । त्यसका लागि बिहीबार निर्वाचन आयोगमा निवेदन दिइने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । अन्डरलाइन हटाएर कोष्ठभित्र नेकपा राखिने नेताहरुले बताएका छन् । संसदीय दलका उपनेता नेम्वाङले ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ नामसहित दर्ताको लागि निवेदन दिइने बताए ।

यसअघि तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि ‘नेपाल कम्युनिस्ट पार्टी’ गठन भएको थियो । ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा पहिल्यै दर्ता भएकाले ‘नेपाल कम्युनिस्ट पार्टी’मा ‘अन्डरलाइन’ राखेर आयोगमा निवेदन दिइएको थियो । त्यसको विरोध कट्टेलले गर्दै आएका थिए । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीको नाम पनि नेकपा छ । यद्यपि यो निर्वाचन आयोगमा भने दर्ता छैन ।

केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको नेकपा माओवादी केन्द्रबीच ३ जेठमा पार्टी एकीकरण भएको र नयाँ पार्टीको नाम नेकपा राखिएको औपचारिक घोषणा गरिएको थियो ।

३ जेठमै नवगठित नेकपाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । यस्तै १४ जेठमा आफ्ना केन्द्रीय सदस्यहरुको नागरिकता प्रमाणपत्रसहित आवश्यक कागजात बुझाइएको थियो । तर, निर्वाचन आयोगले भने अझै निर्णय लिइसकेको छैन । निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले आवश्यक प्रक्रिया पूरा गरेपछि दल दर्ता भएको सूचना प्रकाशित गर्ने बताए । जेठ-१७, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्