27 C
Kathmandu
Saturday, July 31, 2021

आगामी आ. ब. बजेट आज आउदै , जलमार्ग र रेल प्राथमिकतामा पर्न सक्छन

- Advertisement -
- Advertisement -spot_imgspot_img

सरकारले आज आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि तोकेको १५ खर्बको बजेट सिलिङ वरिवरि रहेर सरकारले बजेट सार्वजनिक गर्न  लागेको हो ।

अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्व र व्ययको अनुमान प्रस्तुत गर्ने कार्यक्रम छ ।

बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विद्येयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विद्येयक– २०७५ र राष्ट्र ऋण उठाउने विद्येयक– २०७५ पेश गर्नेछन् । सरकारले संघीय संसद्को दुवै सदनले पास गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र निर्वाचनमा जाँदा नेपाल कम्युनिष्ट पार्टीले गरेका प्रतिबद्धतालाई मुख्य आधार बनाइएको छ ।

जलमार्ग, रेलमार्ग लगायतका पूर्वाधार विकास गर्ने प्रतिबद्धता निर्वाचनका बेला गरिएकाले यसलाई पहिलो प्राथमिकतामा राखिएको बताइएको छ । २०७५ जेठ १५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्