27 C
Kathmandu
Sunday, May 16, 2021

अरुणखोला जंगलमा बस पल्टिदा ३२ घाइते, ५ जनाको अवस्था गम्भीर

- Advertisement -
- Advertisement -spot_imgspot_img

पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्तरगत नवलपरासी पुर्बी नवलपुरकको अरुणखोला जंगलमा बस पल्टिदा ३२ जना घाइते भएका छन् । ति मध्ये ५ को अबस्था गम्भिर रहेको छ । घाइतेको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।
पुरानो मेडिकलका कर्मचारी दुर्गा न्यौपानेले दिएको जानकारी अनुसार दुर्घटनामा कैलालीका श्याम चौधरी ,मिना बोहरा , करिकला बोहरा ,कुमार खत्रि र किशोर गोपाल रहेका छन् ।
बिहिवार बिहान २ बजे  काठमाण्डौवाट धनगढितर्फ जादै गरेको ना ६ ख ७४५६ नम्बरको रात्रि बसले अर्को गाडिलाई उछिन्नेक्रममा बस अनियन्त्रीत भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा घाइतेलाई इलाका प्रहरी कार्यालय दुम्किवासले उद्धार गरेर उपचारको लागि भरतपुर स्थित पुरानो मेडिकल कलेज पठाएको हो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्