27 C
Kathmandu
Saturday, May 8, 2021

१३ वर्षिया बालिका बनिन आमा, छोरी पाएको निहुँमा निकालियो

- Advertisement -
- Advertisement -spot_imgspot_img

बालबिवाह कानूनी रुपमा वर्जित छ । यद्यपी हाम्रो समाजभित्र कतिपय यस्ता समूदाय छन् जहाँ आफ्ना छोराछोरीको सानै उमेरमा बिवाह गरिन्छ । जसको ज्वलन्त उदाहरण हुन् सुनसरी इनरुवाकी १३ वर्षीया ममता मरिक । एकवर्ष अघि घरपरिवारबाट बालविवाह गराइएकी ममता यतिवेला इनरुवा अस्पतालको शैयामा छिन् ।

छोरी जन्माएको निहुमा परिवारले समेत घर निकाला गरिदिएपछि आमासँगै काखे नवालकको बिचल्ली भएको छ । ममताको उमेर मात्रै १३ वर्षको छ । काँखमा रहेको बच्चा हेर्दै माया लाग्दो छ । स–साना हात खुट्टा भएको बच्चा कुपोषित छ । बच्चालाई काखमा लिने अरु कोही नभएर नावालक बच्चाकी १३ वर्षिया आमा ममतानै हुन् ।

ममतालाई मातृत्व के हो त्यो त परको कुरा आफ्नो स्याहार कसरी गर्ने समेत ख्याल छैन् । स्तनपान गराउँनै जान्दिनन् । बच्चा कसरी समात्ने र स्याहार सुसार गर्ने भन्नेमा उनी पूर्णतः अनभिज्ञ छिन् ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको भनाईमा आमाको उमेर परिपक्क नभएकाले बच्चालाई खुवाउने दुधसमेत पर्याप्त छैन् ।पौष्टिक आहार र उचित हेरचाहको अभावमा बच्चा कुपोषित छ । आमाको स्वास्थ्यमा समेत समस्या देखिएको डा. तुषार झा बताउँछन् । एक वर्ष अघि सिरहाको गोलबजार घर भएका प्रकाश मरिकसँग बिवाह गरेकी ममता छोरी जन्माएपछि पारिवारिक हिंसाको शिकार बन्न पुगेकी छिन् ।

छोरी जन्माएको भन्दै श्रीमान र परिवारका सदस्यले ज्यान मार्ने धम्की दिएको बताउने पीडित ममता आफुलाई खान लाउन नदिई घर परिवारले तिरस्कार गरेको बताउँछिन् । ममताले आफुलाई श्रीमान्सहित परिवारका सदस्य मिलेर घरबाट लखेटेको बताइन् ।

घरपरिवारबाट अपहेलित र हिंसाको शिकार बनेकी ममता माइतीको शरणमा पुगेपनि दयनीय अवस्थाका बाबुआमासँग केही गर्ने सार्मथ्य छैन् । बाबु ढोगाई मरिक बनिबुतो गरी खाने परिवार भएकाले आमा र बच्चाको हेरचाहर र खानपिन तथा उपचार गराउन सक्ने अवस्थानै नरहेको बताउँछन् ।

रगतको अभाव, मुटुको समस्या जस्तो अवस्थाबाट गुर्जिएकी आमालाई मात्र हैन् कुपोषित रहेको बच्चा दुवै बाँच्छन् बाँच्दैैनन् अन्यौलकाबिच उनीहरुलाई अस्पतालमा स्वास्थ्यकर्मीहरुले भर्ना गरेको बताए ।अस्पतालले आमा र बच्चा दुवैको स्वास्थ्यमा सामान्य सुधार देखिएको बताएपनि डिसचार्ज पश्चातको अवस्था यकिन गर्न भने नसकिने जनाएको छ ।अस्पतालले भर्ना भएदेखिको अवस्थाबाट नै १३ वर्षिया आमा र उनको सानो नानीको उपचार निःशुल्क गर्दै आएको जनाएको छ ।

बालबिवाहकै कारण संकटमा परेको ममता मरिकको जीवन उनको श्रीमान र परिवारका सदस्यले घर निकाला गरिदिएपछि थप चपेटमा परेको छ ।आफु र आफ्नो सन्तानको भविष्य के होला भन्ने चिन्तामा डुबेकी १३ वर्षीया बालिका आमा ममताले आफुलाई श्रीमान र परिवारको साथ दिलाइदिन सरोकारवाला समक्ष आग्रह गरेकी छिन् ।

नेपालमा बालबिवाह कानूनतः वर्जित रहेपनि त्यसलाई कतिपय अभिभावकहरुले आफुहरुको बाध्यता भएको बताउँने गरेका छन् । बालअधिकारका सवालमा काम गर्ने संघसंस्थाले जारी गरेको प्रतिवेदन र वास्तविकतालाई नियाल्ने हो भने समाज भित्र बालबिवाह नरोकिनुलाई विशेष गरी दलित र अति विपन्न परिवारको बाध्यात्मक परिपाटी भनेर चित्रित गरेको पाइन्छ ।

जसमा उल्लेख भएअनुसार केटातर्फ घरमा काम गर्ने सदस्य थपिने र केटी पक्षको हकमा आफुबाट दायित्व पन्छिने खालका अभिभावकीय सोचले बालबिवाहलाई प्रश्रय दिइरहेको छ । जहाँ सानै उमेरमा गरिने बिवाहले निम्त्याउने सम्भावित खतराको आकंलन भने कहीकतै भएको पाइदैन् । जेठ-९, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्