27 C
Kathmandu
Saturday, July 31, 2021

नवलपुरमा मोटरसाईकल दुर्घटनामा जिल्ला समन्वय समिति सदस्यको मृत्यू

- Advertisement -
- Advertisement -spot_imgspot_img

बुधबार राती पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चोरमारा र अरुणखोला बीच जंगलमा भएको दुर्घटनामा परि जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्ता पूर्वका सदस्य मक्करध्वज  गेरुङ्गेको मृत्यू भएको छ ।
गेरुङ्गे सवार ना ४५ प १२५ नम्बरको मोटरसाईकल सडकमा रोकिराखेको नम्बर खुल्न नसकेको टेक्टरको ट्रलीमा ठोक्किदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परि गम्भिर घाइते भएका गेरुङ्गेलाई उपचारको लागि भरतपुर स्थित पुरानो मेडिकल कलेज लगिएको थियो । मेडिकल कलेजले उनलाई राती साढे नौं बजे मृत घोषणा गरेको  नेपाल तरुण दल नवलपरासीका अध्यक्ष सूर्य गुरुङले जानकारी दिनुभयो ।
गेरुङ्गे स्थानीय तह निर्वाचनमा मध्यविन्दु नगरपालिका वडा नं. १५बाट वडा सदस्य पदमा नेपाली काग्रेसबाट निर्वाचित भएका थिए ।

काग्रेसले उनलाई जिल्ला समन्वय समितिको सदस्य पदमा उमेदवार बनाएर निर्वाचित गरेको थियो ।   दुर्घटनामा परि गम्भिर घाइते भएका गेरुङ्गेको अण्डकोष फुटेर अत्याधिक रक्तश्राव भएका कारण मृत्यु भएको  उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । जेठ-३, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्