24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

एमाले-माओवादी पार्टी एकता घोषणा आज, चुनाव चिन्ह सूर्य, माओवादी लाइ ४५ प्रतिशत

- Advertisement -Flowers in Chania

नेकपा एमाले र माओवादी केन्द्र पार्टी एक हुने भएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भएको वार्तामा एकतामा सहमति जुटेपछि एकता सम्भव भएको हो । आज एकता घोषणा हुनेछ । आज  नै निर्वाचन आयोगमा एकीकृत पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्ने सहमति पनि भएको छ ।

एमाले स्थायी कमिटी र माओवादी सचिवालयको विस्तारित बैठकले पार्टी एकता सहमति अनुमोदन गरेको छ । एमालेले बिहीबार केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ ।

आज मदन आश्रित स्मृति दिवसको अवसरमा एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरु पनि सहभागी हुनेछन् । लगतै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ । अपराहृन पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा हुने दुबै दलका नेताहरुले बताएका छन् ।

एमाले स्थायी कमिटीमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको ब्रिफिङअनुसार एकीकृत पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुनेछ । जसमा एमालेबाट २४१ जना हुनेछन् भने बाँकी २०० जना माओवादी केन्द्रबाट आउनेछन् ।

कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको थियो । माओवादीले ५०-५० को माग गरेपछि विवाद पनि भयो तर, नयाँ सहमतिअनुसार केन्द्रीय कमिटीमा माओवादीले ४५ प्रतिशत पाएको छ ।

पोलिटब्यूरो तत्काल नबन्ने भएको छ । स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति जुटेको छ । नेताहरुका अनुसार स्थायी कमिटीमा एमालेबाट २५ जना हुनेछन् भने माओवादीबाट १८ जना ।

केन्द्रीय कमिटी र स्थायी कमिटी मिलाउँदा एमालेका हालका नेताहरु घटुवा हुने छैनन् । तर, माओवादीमा नेताहरु छान्न मुस्किल छ । बुधबारको बैठकले यसबारे निर्णय गर्ने अधिकार तीन नेता प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’लाई दिएको छ ।

एकतापछि पार्टीको चुनाव चिह्न सूर्य हुनेछ । यो हाल एमालेको चुनाव चिह्न हो । माओवादीको चुनाव चिह्न गोलाकारभित्र हसिया हथौडा छ । दुवैलाई मिलाएर नयाँ चुनाव चिह्न राख्ने छलफल पनि भएको थियो । तर, त्यसो गर्दा अर्को कुनै दलले सूर्य लिएर आफ्नो भोट तान्न सक्ने भएकाले सूर्य रोज्नुको विकल्प नभएको नेताहरुले बताएका छन् ।

पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद लेलिनवाद हुने छ । राजनीतिक कार्यदिशा ‘समाजवाद उन्मुख समावेशी लोकतन्त्र’ छ । एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले भन्ने गरेको २१ औं शताब्दीको बहुदलीय जनवादलगायतका वैचारिक मान्यताहरुबाट छलफल गर्दै जाने सहमति पनि दुई दलबीच भएको छ । जेठ-३, २०७५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्