27 C
Kathmandu
Saturday, July 31, 2021

गैंडाकोट नगरपालिकामा ३१ लाख रुपैया राजश्व हिनामिना, रकमको चलखेलमा बाहिर बन्दको सुचना टासेर भित्र काम

- Advertisement -
- Advertisement -spot_imgspot_img

खगराज सापकोटा, कावासोती। गैडाकोट नगरपालिकाले दुईवटा उद्योगको नक्सापास गर्ने क्रममा करिव ३१ लाख रुपैया राजश्व हिनामिना गरेको नेपाल विद्यार्थी संघले आरोप लगाएको छ । नेविसंघ नवलपुरले मंगलवार गैडाकोटमा पत्रकार सम्मेलन गर्दै नगरपालिकाले रकमको चलखेल  गर्दै चोरवाटोबाट नक्सा पासको काम गरेको आरोप लगाएको हो ।

नगरपालिकाले गैंडाकोट १३ मा रहेको अविनाश ह्याचरी प्रा . लि. र गैंडाकोट ९ मा नै रहेको जय श्री फुडस प्रा .लि को नक्सा पास गर्ने क्रममा उक्त हिनामिना गरेको नेविसंघका अध्यक्ष राजेश पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।गैडाकोट नगरपालिकाले २०७४ असार २६ गते सूचना निकालेर साउन २ सम्म नक्सा पास सम्बन्धि सम्पुर्ण काम नहुने भनी जानकारी गराएको थियो ।

नक्सा पास रोक्काको समयमा नक्सा शाखाले अविनाश ह्याचरी प्रा.ली.र जयश्री फुड्स प्रा.ली. को नक्सा पास गरेको नेविसंघले प्रमाण पेश गरेको छ । गैडाकोटमा भवन नक्सा पास वापत प्रति वर्ग फुट ३ रुपैया राजश्व लाग्थ्यो । असार २८ गतेको कार्यपालिकाको बैठकको निर्णय अनुसार राजश्व दर वढाएर (जमीन र भवनको समेत) ९ रुपैया पु¥याईएको थियो । असार २९ गते जय श्री फुड्सले जम्मा ८८ हजार ९ सय २७ रुपैया र ह्याचरीले १४ लाख ६५ हजार ४ सय ७८ नक्सा पास वापतको रकम रुपैया दाखिला गरेको देखिएको छ ।

यी उद्योगहरुले यो समयमा नक्सा पास हु“दा झण्डै २९ लाख राजश्व नगरपालिकालाई नोक्सान भएको नेविसंघले जनाएको छ । जय श्री फुड्सले २ लाख ४७ हजार ३ सय ६७ राजश्व तिर्नुपर्ने थियो भने ह्याचरीले ४३ लाख ९६ हजार ४ सय २८ तिर्नु पर्ने थियो । नगरपालिका संगको मिलेमतोमा ती उद्योगहरुले कम राजश्व तिरेका हुन ।
ती दुई उद्योगको सम्पुर्ण कागजात को प्रमाणित प्रतिलिपी उपलब्ध गराउन भनी नेविसंघ नवलपरासी (बर्दघाट सुस्ता(पुर्व) ले सूचना माग गर्दा सूचना नगरपालिकाकाले सूचना नदिएको मंगलवार गैंडाकोट मा आयोजित पत्रकार सम्मलेनमा जानकारी गराईएको छ । नेविसंघ नवलपरासी ( बर्दघाट सुस्ता पुर्व) ले गरेको पत्रकार सम्मलेनमा संघका जिल्ला अध्यक्ष राजेश पौडेलले सो कुराको जानकारी गराए ।

अविनाश ह्याचरी प्रा लि र जय श्री फुडस प्रा लि को नक्सा पास गर्दा व्यापक आर्थिक चलखेलको सूचना आफुहरुले पाएको र सो विषयमा जानकारी माग्दा सूचना नदिएको र सूचना दिन अस्वीकार गर्नु को पछाडी व्यापक आर्थिक चलखेल रहेको पत्रकार सम्मलेन मा बताईको छ ।
रोक्काको समयमा नगरपालिकाका स.ई. लक्ष्मीप्रसाद सोतीले नक्सा पासमा हस्ताक्षर गरेका थिए । तत्कालीन कार्यकारी अधिकृत शिवप्रसाद रिजालको र इ. राजु अर्यालले सुरुमा हस्ताक्षर नगरेर अन्तिममा हस्ताक्षर गरेको नेविसंघका जिल्ला अध्यक्ष राजेश पौडेलले बताए ।

नगरपालिकाका प्रमुख छत्रराज पौडेलले भने गुनासाहरु आफुहरुकोमा आएकाले छानबिन समिति बनाएर सत्य तथ्य पत्ता लगाएर दोषी लाई आवश्यक कारबाही गर्ने बताए । जेठ-२, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्