27 C
Kathmandu
Saturday, May 8, 2021

प्रदेश ५ मा संसदकाे दोस्रो अधिवेशन आजदेखि

- Advertisement -
- Advertisement -spot_imgspot_img

बुटवल, प्रदेश ५मा आजदेखि संसद्को दोस्रो अधिवेशन शुरु हुँदैछ । यहाँ पहिलो अधिवेशन अन्त्य भएको ५ दिन लगत्तै दोस्रो अधिवेशन शुरु हुन लागेको हो । प्रदेशसभा सचिवालयले सोमबार अपराह्न १ बजे दोस्रो अधिवेशनको पहिलो बैठक डाकिएको जानकारी दिएको छ ।

दोस्रो अधिवेशनको पहिलो वैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी विधेयक पेश हुने कार्यसूची छ । विधायन समितिले सुविधासम्बन्धी विधेयकको प्रतिवेदन बुझाएपछि निर्णयार्थ पेश हुन लागेको हो ।

यस्तै आर्थिक वर्ष २०७५/७६ का लागि तयार गर्न विनियोजन विधेयक २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिका प्रस्तावहरु आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले पेश गर्नेछन् ।

समय निर्धारण गरी विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल शुरु हुने कार्यसूची रहेकोे प्रदेशसभा सचिव मानबहादुर विकले जानकारी दिए । २०७५ वैशाख-३१

 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्