27 C
Kathmandu
Sunday, May 16, 2021

धादिङको चालिसे बजारमा भारतीय नम्बरका २ ट्रकमा आगजनी

- Advertisement -
- Advertisement -spot_imgspot_img

धादिङको धुनिबेशी चालिसे बजारमा भारतीय नम्बर प्लेटका दुईवटा ट्रकमा आगजनी भएको छ । आइतबार बिहान साढे २ बजेतिर भएका २० चक्के ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो । आगलागीबाट आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको ट्रक पूर्णरुपमा क्षतीग्रस्त भएका छन् ।

बजार क्षेत्रमै आगो लागेपछि स्थानीयबासी त्रसित भएका छन् । नेपाल प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । आगो निभाउन काठमाडौंबाटसमेत दमकल मगाइएको छ । आगो कसले लगायो भन्ने खुलेको छैन । तर, आइतबार विप्लव माओवादीले बन्द आह्वान गरेकाले उनीहरुकै संलग्नता हुनसक्ने अनुमान गरिएको छ । २०७५ वैशाख ३०

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्