चितवनको भरतपुरस्थित रहेको भाटभटेनी सुपर मार्केटमा बम विस्फोट भएको छ। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले सो बिस्पोट गराएको प्रहरीको भनाई छ ।
आज विहान ३:४५ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनुभयो । उहाँले बम विस्फोट गराउनेको पहिचान भईसकेको र खोजी कार्य तिव्र पारिएको बताउनुभयो ।
“सिसि टिभीको फुटेजबाट मोटरसाईकलमा आएका दुई मध्ये एक जनाको पहिचान भईसकेको छ, विप्लवका कार्यकर्ता नै हुन्, खोजी भईरहेको छ”–एसपी थापाले भन्नुभयो । ग्रीनेड बमले भाटभटेनीको पूर्व पट्टि क्षति भएको छ । बैशाख-३०, २०७५