27 C
Kathmandu
Saturday, July 31, 2021

नवलपुरको बिकट पहाडी क्षेत्र हुप्सेकोटमा घुम्ती सिविर, मानव देखी पशु र कृषि सम्मको उपचार, करुमाले पाइन् ७३ बर्षमा नागरिकता

- Advertisement -
- Advertisement -spot_imgspot_img

खगराज सापकोटा । नवलपुर, हुप्सेकोट की करुमा ढेगा मगर बधाबार निकै हर्सित देखिईन, सविकको हुप्सेकोतट नवलपरासीको विकट पाहाडी क्षेत्र मानिन्छ । बाटोमा आउदै जादै गरेका बटुवा समेत उनको मुहारका छाएको खुशी देखेर दंग पर्दै सोध्न थाले “हैन आज करुमा लाई के भएछ” त्यसै विचमा फुत्त आइपुगेका उनकै छिमेकी विमल मगरले मुख खोले “आज ७३ बर्षको उमेरमा दीदिले नागरिकता पाकी  निकै हर्सित भाकी पो छन त ।”

हो साच्चिकै बुधबार करुमा त्यस्तै हर्सित थिईन किनकी हज्जारौ खर्चेर सदरमुकाम पुग्नुपर्ने करुमाले त्यो दिन आफ्नै आगनमा नेपाली हुनुको प्रमाण पत्र पाएकी थिईन । उनको खुशीको कुरा मात्र हैन साविकको हुप्सेकोट गाविसका जनताले पहिलो पटक आफ्नै घर आगनमा नागरिकता पाएका छन् । अपाङ्गताको परिचय पत्र पाएका छन् । मानव स्वास्थ्य सेवा पाएका छन् । पशु जाच सेवा पाएका छन् । कृषि सेवा समेत पाएका छन् । त्यसैले होला बुधावार हुप्सेकोटमा एक खालको मेलानै लागेको सबैले अनुभुती गरे । आफ्नो गाउमा जिल्लाका प्रमुख कार्यालयहरुका प्रमुखहरुको उपस्थिती विरलै देखेका स्थानियले प्रमुखहरुकै निगरानीमा त्यति धेरै सेवा सुविधा एकै पटकमा पाउदा आफुहरुमा खुशीको सिमा नरहेको स्थानिय राम सुनारी बताउछन् ।
हुप्सेकोट गाउपालिकाको कार्यालयको आयोजनामा पहिलो पटक यति बृहत कार्यक्रम आयोजना भएकोमा स्थानिय मात्र होइन जन प्रतिनिधिहरु नै दंग देखिन्थे । उक्त सिविर मार्फत हुप्सेकोट गाउपालिकाले ८० जनालाई नागरिकता प्राप्तका लागि महत्वपुर्ण भुमिका खेलेको छ भने शिविरमा २१ जना लाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । १४४ जनालाई निशुल्क स्वास्थ्य जाच तथा औषधी वितरण गरियो । ६८ जनालाई पाठेघर सम्बन्धि चेकजाच गरिएको थियो । उक्त घुम्ती शिविरमा ४९४ गाईको ल्याव टेष्ट तथा संक्रमित पशुको उपचार, २३४ वटा भैसीको ल्याव टेष्ट तथा उपचार, १६९० वटा बाख्राको ल्याव टेष्ट तथा उपचार, १८२ वटा बंगुरको ल्याव टेष्ट तथा उपचार, ६५० वटा कुखुराको ल्याव टेष्ट तथा उपचार गरिएको थियो साथै सबै पशु पंक्षीलाई आवश्यक औषधी समेत वितरण गरिएको थियो ।
विजुली तथा पर्याप्त पिउने पानीको समेत ब्यवस्था हुन नसकेको नवलपुरको विकट पहाडी क्षेत्रमा यस्तो सुविधा पुर्याउन निकै कठिन भए पनि आफुहरु सम्पुण संघ संस्थाको सहयोग र सहकार्यमा कार्यक्रम सफल भएकोमा आफुहरु हर्षित भएको हुप्सेकेट गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत छत्र बहादुर अधिकारीले खुशी ब्यक्त गरे । कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी महेश आचार्य, जिल्ला प्रहरी कार्यालयका एस पि दिपेन्द्र जिसी, जिल्ला समन्वय अधिकारी विजय पौडेल, राष्ट्रिय अनुसन्धानका एस पि ओपेन्द्र राउत, शशस्त्र प्रहरी वेश क्याम्प चोरमाराका इन्स्पेक्टर टिकाराम कठरिया, हुप्सेकोट गाउपलिकाका अध्यक्ष लक्ष्मी पाण्डे, उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल स्वास्थ्य चौकी चोरमाराका डाक्टर सहितको टोली र हुप्सेकोट गाउपालिकाका विभिन्न विषयगत कार्यालयका प्रमुखहरु तथा सम्पुर्ण वडाका वडाध्यक्षहरुको समेत उपस्थिती रहेको थियो । बैशाख-२८, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्