27 C
Kathmandu
Saturday, July 31, 2021

५ नम्बर प्रदेश सांसदको माग : गाडीचाहियो, भन्सार छुट देऊ

- Advertisement -
- Advertisement -spot_imgspot_img

प्रदेश ५ का सांसदहरुले आफ्ना लागि गाडी किन्न भन्सार छुट दिनुपर्ने माग गरेका छन् । प्रदेशसभा पहिलो अधिवेशनको अन्तिम बैठकमा प्रदेशसभा सदस्य तथा पदाधिकारीहरुको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । छलफलमा सांसदहरुले सेवा सुविधामा असन्तुष्टि जनाउँदै गाडीमा भन्सार छुटे माग गरेका हुन् ।

माओवादी सांसद तुलाराम घर्तीमगरले पारिश्रमिक तथा सेवा सुविधा विभेदपूर्ण भएको बताए । उनले बैठक भत्ता ७५०, फर्निचर खर्च १५ हजार, गाडी भाडा बापत ५०० र घरभाडा १५ हजार निकै कम र अव्यवहारिक भएको टिप्पणी गरे । उनले थोरै दिनभन्दा बरु नदिन आग्रह गरे ।

प्रदेशसभा सदस्य रामजी घिमिरेले प्रदेशसभा सदस्यको स्वकीय सचिवको विषय साझा माग भएको बताए । अर्का सदस्य उत्तरकुमार ओलीले जनताप्रति उत्तरदायी भई काम गर्न पारिश्रमिक तथा सुविधा अपुग भएको टिप्पणी गरे । सांसद रमा अर्यालले प्रदेशसभा सदस्यको मर्यादाक्रम नमिलेको उल्लेख गर्दै कर्मचारीले सरकार चलाउने नभएको बताइन् ।

प्रदेशसभा सदस्य अष्टभूजा पाठकले मर्यादाक्रमका आधारमा सुविधा नआएको आरोप लगाउँदै छलफल गरेर मात्रै अघि विधेयक बढाउन अनुरोध गरे । इन्द्रजीत थारुले चाडपर्वमा मन्त्रीले मात्रै थप सुविधा लिनु गणतान्त्रिक संस्कृतिअनुसार नमिल्ने बताए ।

सांसद विजय यादवले नीजि सचिव, गाडी र १ जना ड्राइभर दिनुपर्ने माग गरे । ‘नभए गाडी हामी आफैं किन्छौं, सबै माननीयलाई भन्सार छुट गर्नुपर्यो’ उनले भने । बैशाख-२६, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्