27 C
Kathmandu
Saturday, July 31, 2021

अख्तियारमा नवलपरासीबाट १ सय ८२ उजुरी परे शिक्षामा सबै भन्दा बढी अनियमितता

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासी जिल्लामा चालु आर्थिक बर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १ सय ८२ वटा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख दिनेश आचार्यका अनुसार नवलपरासी जिल्लामा यस आर्थिक बर्षको हाल सम्मको अवधिमा बिभिन्न खालका अनियमितता कुल १ सय ८२ वटा उजुरी परेको बताउनु भयो । अनियमितताका उजुरीमा सबै भन्दा धेरै शिक्षा क्षेत्रका उजुरी पेरको प्रमुख आचार्यले बताउनु भयो । नवलपरासी जिल्लाबाट शिक्षा क्षेत्रका १ सय १० वटा उजुरी परेको उहाले बताउनु भएको छ ।

शिक्षा क्षेत्रमा परेको उजुरीमा शैक्षिक सामाग्रि खरिदमा अनियमितता,बिद्यालयको एउटा शिर्षकको रकम अरु शिर्षकमा लगाउने गरेको , बिद्यालयको रकम ब्यक्तिलाई ब्याजमा लगाउने गरेको लगाएतका उजुरी परेको प्रमुख आचार्यले बताउनु भयो ।
यस बाहेक नवलपरासीमा स्थानिय निकायतर्फका उजुरी,स्वास्थ्य,वन , मालपोत कार्यालयका उजुरीहरु परेको उहाले बताउनु भयो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी महेश आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जति बलियो हुन्छ त्यतीनै शुसासन कायम हुने बताउनु भयो । यस्तै आयोगले गरेका कृयाकलापलाई सहयोग पुर्याउदै,शुसासन कायम राखि अनियमितताका गतिविधिमा कोही कसैलाई संलग्न नहुन पनि उहाले आग्रह गर्नु भयो ।

हाल सम्म परेका उजुरी के कस्ता रहेका छन् र त्यस्ता प्रवृतिलाई अन्त्य गर्नका लागि कार्यालय प्रमुखहरुको भुमिका के रहन्छ भनेर कार्यक्रमको आयोजना गरीएको अख्तियार दुरुपयोग अनुसन्धानज आयोग बुटवलले जनाएको छ । आयोगका प्रमुख आचार्यका अनुसार अन्र्तकृया मार्फत भोलीका दिनमा सुसासन प्रर्वद्धन र जनतालाई सहज सेवा प्रवाहमा सहजता मिल्ने अपेक्षा लिएको बताउनु भयो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्