27 C
Kathmandu
Saturday, July 31, 2021

ओली र मोदीले जानकी मन्दिरमा सँगै पूजापाठ गर्ने ईश्वर पोखरेलबाट स्वागत, अभिनन्दनमा ओली नबस्ने

- Advertisement -
- Advertisement -spot_imgspot_img

आगामी शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकसाथ जानकी मन्दिरमा पूजापाठ गर्ने भएका छन् । पूजापाठ सकेपछि प्रधानमन्त्री ओली काठमाडौं फर्कने छन् ।

भारतीय प्रधानमन्त्री मोदी जनकपुर आएपछि दुवै देशका प्रधानमन्त्रीले एकैसाथ संयुक्तरुपमा जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम तय भएको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

साहका अनुसार जनकपुर प्रवेश गर्दा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने कार्यक्रम तय भएको छ । साहले भने ‘मन्त्री पोखरेलले स्वागत गर्नेबित्तिकै मन्दिरमा संयुक्त पूजापाठ गर्ने कार्यक्रम छ ।’

प्रधानमन्त्री ओली २८ गते नै जनकपुर आउने छन् । उनी भारतीय प्रधानमन्त्रीसँग नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने छैनन् । ‘हाम्रो प्रधानमन्त्रीज्यू मञ्चमा बस्नुहुन्न’ मन्त्री साहले भने, “मन्दिरबाट पूजापाठ गरेर उहाँ काठमाडौं जानुहुन्छ ।’

भारतीय प्रधानमन्त्री मोदी भने मन्दिरमा पूजापाठ सकेर बाह्रबिघा मैदानमा बनाइएको मञ्चमा आउनेछन् । त्यहाँको मञ्चमा मोदीबाहेक अन्य दुईजना वक्ता मात्रै हुनेछन् । प्रदेशका मुख्यमन्त्रीले कार्यक्रम समापन गर्ने र स्वागत मन्तव्य जनकपुर उपमहानगरपालिकाका प्रमुखले गर्ने कार्यक्रम तय भएको छ ।

‘उहाँहरुले पनि छोटो मन्तव्य राख्नुहुनेछ’ साहले भने, ‘स्वागत मन्तव्य दिएसँगै मोदीलाई बोल्नका लागि समय दिइनेछ । र, त्यसपछि मुख्यमन्त्री लालबाबु राउतले सभाको समापन गर्नुहुनेछ ।’ बैशाख-२५, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्