27 C
Kathmandu
Saturday, July 31, 2021

उत्तर–दक्षिण कोरियाः समयले मिलायो ‘दिल’, दिल मिलेपछि मिलाइयो समय

- Advertisement -
- Advertisement -spot_imgspot_img

उत्तर कोरियाले आफ्नो समय दक्षिण कोरियासँग मिलाएको छ । यसअघि उत्तर कोरियाको समय दक्षिण कोरियाको भन्दा आधा घण्टा ढिला थियो । उत्तर कोरियाको समाचार एजेन्सी केसीएनले दक्षिण कोरियासँगको टाइम जोनसँग उत्तर कोरियाको टाइम जोन समान बनाइएको जानकारी दिएको छ ।

हालै उत्तर कोरियाका नेता किम जोङ्ग उनले दक्षिण कोरियाको भ्रमण गर्दा टाइम जोन समान बनाउने, परमाणु परीक्षण स्थल बन्द गर्ने लगायतका सहमति भएका थिए ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनले भनेको छ, ‘ऐतिहासिक उत्तर–दक्षिण शिखर बैठकपछि टाइम जोन मिलाउनु पहिलो व्यवहारिक कदम हो ताकि उत्तर एवं दक्षिण कोरियालाई एक बनाउने प्रक्रियालाई तीव्रता दिन सकियोस् ।’

अप्रिलको अन्त्यतिर भएको कोरियाली शिखर वार्तापछि उत्तर कोरियाले आपसी सम्बन्ध थप मजबुत बनाउनका लागि आफ्नो घडीलाई ३० मिनेट छिटो गराएर दक्षिण कोरियासँग मिलाउने निर्णय गरेको थियो ।

सन् २०१५ देखि उत्तर र दक्षिण कोरियाको टाइम जोन अलग–अलग भएको थियो । त्यस समय उत्तर कोरियाले आफ्नो मानक समयलाई दक्षिण कोरियाको भन्दा ३० मिनेट ढिलो गरेको थियो ।

उत्तर कोरियाका नेता किम जोङ्ग उन दक्षिण कोरियाको राष्ट्रपति मुन जे इनसँग भेटवार्ता गर्न गत २७ अप्रिलमा दक्षिण कोरिया पुगेका थिए । सन् १९५३ मा कोरियाली युद्धपछि उत्तर कोरियाको नेताले दक्षिण कोरियामा पाइला टेकेको यो पहिलो पटक हो । युद्धपछि कोरिया उत्तर र दक्षिण कोरियाको रुपमा विभाजित भएको थियो । २०७५ वैशाख २२

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्