27 C
Kathmandu
Saturday, May 8, 2021

नवलपरासीमा पाच जना यातायात व्यवसायी पक्राउ

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, खगराज सापकोटा । सिण्डीकेटको पक्षमा यातायात संचालन नगरेको भन्दै नवलपरासीबाट विभिन्न यातायात ब्यावसायी समितिका ५ जनालाई प्रहरीले नियन्त्रण लिईएको छ ।
सिण्डकेट हटाएको विरोध गर्दै यातायात क्षेत्रमा हडताल गरेर कानून उल्लघंन गरेको भन्दै प्रहरीले लेकबेसी यातायात व्यवसायी समितीका अध्यक्ष युवराज बस्याललाई नियन्त्रणमा लिएको छ । उहालाई देवचुलीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
वस्याललाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताउनुभयो । त्यसै गरी चौतारी यातायात ब्यावसायी समितिका बेद बहादुर थापालाई नवालापुरको चोरमारा बाट नियन्त्रणमा लिईएको हो भने ।

उता नवलपरासी पश्चिमबाट मध्य नेपाल यातायात व्यसायी समितीका वरिष्ठ उपाध्यक्ष संजय गुप्ता, सचिव नारायण भण्डारी र कार्यकारी सदस्य तिर्थराज भट्टराइलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले उनीहरुलाई सुनवलबाट पक्राउ गरेको जानकारी दिएको छ । अन्यको पनि खोजी कार्य जारी रहेको प्रहरी प्रमुख मुकुन्द आचार्यले जानकारी दिनुभयो । बैशाख-२२, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्