27 C
Kathmandu
Sunday, May 16, 2021

आईपीएल अपडेटः चेन्नाईविरुद्ध कोलकाता ६ विकेटले विजयी

- Advertisement -
- Advertisement -spot_imgspot_img

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपरकिंग्सलाई ६ विकेटले हराएको छ । कोलकाताको घरेलु मैदानमा इडन गार्डेनमा भएको यो खेलमा टस हारेर पहिले व्याटिङ गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

१७८ रनको लक्ष्य पाएको कोलकाताले शुभमान गिल र दिनेश कार्तिकको उत्कृष्ट प्रदर्शनका कारण १७ ओभर ४ बलमा ४ विकेट गुमाउँदै १८० रन बनाएर जित हासिल गर्‍यो ।

कोलकाताका लागि शुभमान गिलले ३६ बलमा ६ चौका र २ छक्काको मद्दतमा नटआउट ५७ रन बनाए ।  कप्तान दिनेश कार्तिकले १८ बलमा ७ चौका र एक छक्काको सहायतामा नटआउट ४५ रन बनाए । सुनिल नरेनले पनि २० बलमा ३२ रन योगदा गरे जसमा चार चौका र दुई छक्का सामेल थियो । बलिङतर्फ चेन्नाइका लागि हरभजन सिंह, रविन्द्र जडेजा, केएम आसिफ र लुंगी निग्दीले एक-एक विकेट लिए ।

सुरुआती व्याटिङ गरेको चेन्नाइका लागि कप्तान महेन्द्र सिंह धोनीले नटआउट ४३ रन बनाए । शेन वाटसनले ३६, सुरेश रैनाले ३१, फाफ डु प्लेसिसले २७, अम्बाती रायडुले २१ र रविन्द्र जडेजाले १२ रन बनाए ।

बलिङतर्फ कोलकाताका पियुस चावला र सुनिल नरेनले २-२ विकेट लिए । मात्र २० रन खर्चेका सुनिल प्लेयर अफ दि म्याच भए । कुलदिप यादवले एक विकेट लिए । यो हारसँगै चेन्नाइको टिम ९ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा झरेको छ । यसैगरी कोलकाता ९ खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ । २०७५ वैशाख-२१

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्