27 C
Kathmandu
Wednesday, August 4, 2021

बझाङमा बाढीले जीप बगाउँदा ३ जनाको मृत्यु, जिपमा सवारको संख्या थाहा नहुदा मृतक के कति थाहा भएन : प्रहरी

- Advertisement -
- Advertisement -spot_imgspot_img

बझाङको झोताबाट सदरमुकाम चैनपुरतिर आउँदै गरेको जीप जयपृथ्वी नगरपालिका ७ सुवेडाको चौठा खोलामा बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ ।बुधबार राति ८ बजे खोलामा आएको ठूलो बाढीले से १ ज ८२० नम्बरको जिप बगाउँदा जिपमा सवार ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चैनपुरमा कस्मेटिक पसल सञ्चालन गर्ने खप्तड छान्ना गाउँपालिका २ का ३१ वर्षीय अम्मराज वन, २४ वर्षीय असु ओड र जीपचालक कञ्चनपुर दोधराका २६ वर्षीय रमेश चन्द रहेका प्रहरीले जनाएको छ ।

जीप खोलाले बगाएर झण्डै ५० मिटर तल खोँचमा पुरिएको अवस्थामा भेटिएको थियो । अप्ठ्यारो भीर र जीपलाई माटोले पुरिएकाले बिहीबार दिउँसो साढे २ बजेमात्र शव निकालिएको बझाङका प्रहरी प्रमुख डीएसपी ऋषिराम कँडेलले जानकारी दिए ।

‘जीपमा भेटिएका ३ जनाको शव जिल्ला अस्पताल ल्याउँदैछौं’ उनले भने ‘ जिपमा कति जना चढेको भन्ने यकीन भएको छैन, तीन जनाको मात्र शव भेटिएको छ।’ वैशाख-२०, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्