25.1 C
Kathmandu
Flowers in Chania

१२९ औँ विश्व अन्तराष्ट्रिय मजदुर दिवस नवलपुर लगाएत देशैभर बिबिध कार्यक्रम गरि मनाईयो

- Advertisement -Flowers in Chania

१२९ औँ विश्व अन्तराष्ट्रिय मजदुर दिवस मंगलबार नवलपुर लगाएत देशैभर बिबिध कार्यक्रम गरि मनाईयो । मजदुर दिवसको अवसरमा पुर्बी नवलपरासीको कावासोतीमा मजदुर दिवसको शुभकामना आदान-प्रदान तथा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नवलपुर इ अटो रिक्सा ब्यबसायी स्वतन्त्र स्वरोजगार मजदुर सँघको आयोजनामा भएको हो ।

नवलपुर ई अटो रिक्सा ब्यबसायी स्वतन्त्र स्वरोजगार मजदुर सँघका अध्यक्ष झपट बहादुर कुँवरको अध्यक्षता रहेको कार्यक्रममा कावासोती नगरपालिकाका नगर उपप्रमुख प्रेमशँकर मर्दनिया थारु प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा अटो रिक्सा ब्यबसायीहरुको तर्फबाट बोल्ने अधिकाँश बक्ताहरुले आफुहरुलाई राजमार्गमा पनि रिक्सा चलाउन दिनुपर्ने माग गरेका थिए । अटो रिक्साले सेवाग्राहीहरुलाई एम्बुलेन्स सरहको सुबिधा दिँदै आएको भन्दै आफुहरुलाई सो सरहकै मान्यता दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा अतिथि समेत रहनुभएका जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख लक्ष्मण बहादुर शाहीले अटो रिक्सा ब्यबसायीहरुको मागलाई सकारात्मक रुपमा लिएको बताउनुभयो । तर राजमार्गमा अटो रिक्सा सञ्चालन गर्ने अनुमति जिल्ला ट्राफिक कार्यालयले दिन नसक्ने भन्दै आफुहरुले माथिल्लो निकायको निर्देशन भएमा मात्र अनुमति दिन सकिने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस नवलपरासीका सचिव बालकृष्ण पौडेल , उद्योग ब्यबसायी ट्रेड युनियन नवलपुरका अध्यक्ष इश्वर जँग गाहा , नेकपा एमालेका प्रतिनीधि मीन बहादुर लामा , लगायतका ब्यक्तिहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा लोकदोहोरी कलाकारहरु दिलसिँङ मगर , अर्जुन सापकोटा , युनिषा रिजाल , गीत सँगीत प्रस्तुत गरेका थिए भने नवलपुर डान्स आइडल २०७४ की फस्ट रनर अप मनिषा सुनारले आकर्षक नृत्य समेत प्रस्तु गरेकी थिइन । बैशाख-१९, २०७५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्