27 C
Kathmandu
Saturday, July 31, 2021

मोदी २८ गते बिहानै जनकपुर आउने, ओलीले गर्ने छन् स्वागत

- Advertisement -
- Advertisement -spot_imgspot_img

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैसाख २८ गते नेपाल भ्रमणमा आउने तय भएको छ । २८ गते बिहान जनकपुरमा उत्रने मोदीलाई प्रधानमन्त्री केपी ओलीले स्वागत गर्नेछन् ।

धार्मिक र सांस्कृतिक भ्रमणमा आउने तयारी गरेका मोदीले जनकपुरमा जानकी मन्दिरको पूजाअर्चना  समेत गर्ने भएका छन् । जनकपुरमा उनलाई नागरिक अभिनन्दन गरिने कार्यक्रम छ। मोदीको नेपाल भ्रमणमा कुनै राजनीतिक सम्झौता नहुने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

जनकपुरधाम पछि मोदी मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम छ । बैसाख २८ को बिहानै विशेष विमानमार्फत नेपाल आउन लागेका मोदीले नेपालमा छँदा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विपक्षी एवं मधेसी दलका नेतालाई भेट्ने कार्यतालिका छ । बैशाख-१८, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्