27 C
Kathmandu
Wednesday, August 4, 2021

चौरासी पूजा स्थलमा अनियन्त्रित मोटरसाइकल पस्यो, १ काे मृत्यु , ९ घाइते

- Advertisement -
- Advertisement -spot_imgspot_img

चौरासी पूजामा सहभागीलाई अनियन्त्रित मोटरसाइकलले अन्धाधुन्ध ठक्कर दिँदा नवलपरासी पुर्व नवाल्पुरमा १ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् ।

नवालापुरको मध्यविन्दु–१, चिसापानीमा ना १६ प ९९९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मध्यविन्दु–१ गुडचरी निवासी ७० वर्षीय कमल काफ्लेको निधन भएको जिल्ला प्रहरी नवलपुरले जनाएको छ ।

पृथबहादुर केसीको चौरासी पूजा सकेर नजिकैको दुर्गा मन्दिर परिक्रमा गराउने क्रममा बोहराले चलाएको मोटरसाइकलले सहभागीलाई सोहोर्दै घाइते बनाएको हो ।

घाइतेमध्ये २ जनाको अवस्था अझै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, नवलपुरले जनाएको छ । उनीहरुको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चालक बोहोरा भने सामान्य घाइते भएका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ । वैशाख-१८,२०७५ 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्