नेपाल पत्रकार महासंघ नवलपरासी शाखाको आयोजना तथा बुलिङटार गाउँपालिकाको सहयोगमा बुलिङटार गाउँपालिकाका जनप्रतिनिधि र नवलपरासिका पत्रकारहरुलाइ आयोजना गरिएको बिकासमा जबाफदेहिता र सुचनाको हक सम्बन्धी दुइदिने आबासिय तालिम सप्पन्न भएको छ। बुलिङटार गाउँपालिका वडा नम्बर ३ म रहेको श्री त्रिभुवन माबिको भवनमा संचालित उक्त कार्यक्रममा गाउपालिकाका सबै जनप्रतिनिधिहरु र पत्रकारहरुको सहभागित रहेको थियो।
पहिलो दिनको कार्यक्रममा बिकासमा जबाफदेहिता विषयलाइ सन्जिब भन्डारिले सहजीकरण गर्नु भएको थियो भने दोस्रो दिनमा सुचनाको हक सम्वन्धी विेषयमा नेपाल सरकारका सुचना आयुक्त किरण पोख्रेलले सहजिकरण गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथी तथा गाउपालिकाका अध्यक्ष सशीकिरण बस्ताकोटिले पानसमा बत्ती बालेर उद्घाटन गर्दै यस तालिमबाट धेरै कुराहरु सिक्न पाउने अपेक्षा सहित कार्यक्रमको लागी सहकार्य गरेको हुदा सवैजना जनप्रतिनिधिहरुलाइ सिकाइको अबसर प्राप्त भएको बताउनु भएको थियो।उहाँले भोलिका दिनहरुमा पनि यस्ता तालिमहरु आयोजना गर्न गाउपालिका सधै तयार रहेको बताउनु भयो।
कार्यक्रममा गाउपालिकाका सवै वडाका वडाधक्ष्य र सदस्यहरु सहित २० जना पत्रकारहरुको सहभागिता रहेको थियो। नेपाल पत्रकार महासघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटको सभपतित्वमा सम्पन्न भएको कार्यक्रममा महासघका केन्द्रिय सदस्य पुरुषोतम सुबेदी, प्रेस युनियनका केन्द्रिय सचिब केबि राना, गाउपालिकाकी उपाध्क्षय मैना कामी, गाउपालिकाका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण अधिकारी लगायतले आफ्ना भनाइ राख्नु भएको थियो। कार्यक्रमका सभापती तथा पत्रकार महासघका अध्यक्ष होमराज रानाभाटले पत्रकारहरुलाइ यस ठाउको बिकास निर्माण र सम्भावनाको बारेमा समाचार प्रकाशन/प्रशारण गरिदिन विशेष आग्रह गर्नु भयो।दुबै दिनको कार्यक्रमको संचालन सहसचिब बिष्णु गौडेलले गर्नुभएको थियो।
कार्यक्रमको दोस्रो तथा अन्तिम दिनमा गाउपालिकाका अध्यक्षले पत्रकार सम्मेलनको आयोजना गरि गाउपालिकाले अहिले सम्म गरेका कामहरुको बारेमा जानकारी दिनुभएको थियी भने आगामी दिनमा गाउपालिकाले गर्नुपर्ने कामहरुको बारेमा पत्रकारहरुलाइ जानकारी गराउनु भएको थियो। उहाले पत्रकारहरुले सोधेका बिभिन्न प्रश्नहरुको जबाफ दिदै आगामी दिनमा पनि मिडियाले गाउपालिकाका समचारहरुलाइ स्थान दिन आग्रह गर्नुभएको थियो। बुलिङटारमा यति धेरै सन्चारकर्मिहरु उपस्थित भएको यो पहिलो कार्यक्रम तथा यस स्थानमा आयोजना भएको अहिलेसम्मकै पहिलो पत्रकार सम्मेलन पनि हो। बैशाख-१६, २०७५