27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

प्रदेश ४ को प्रदेश सभामा गठित विषयगत समितिका सभापतिहरु निर्विरोध निर्वाचित

- Advertisement -
- Advertisement -spot_imgspot_img

प्रदेश ४ को प्रदेश सभामा गठित विषयगत समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । आइतबार विधान समिति सार्वजनिक लेखा समिति, प्रदेश मामिला समिति र अर्थ तथा विकास समितिका सभापतिहरु निर्वा्चित भएका हुन् ।

विधान समितिको सभापतिमा एमालेका मोहनप्रसाद रेग्मी, सार्वजनिक लेखा समितिमा कांग्रेसका कुमार खड्का, प्रदेश मामिला समितिमा राष्ट्रिय जनमोर्चाका कृष्णबहादुर थापा र अर्थ तथा विकास समितिमा माओवादी केन्द्रका दिपक कोइराला निर्वा्चित भएका छन् । समितिका नवनिर्वा्चित सभापतिहरुलाई सभामुख नेत्रनाथ अधिकारीले सपथ गराएका छन् । समितिका सभापतीहरुले आइतबार नै पदबहाली गरेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले एक–एक समितिको नेतृत्व लिने सहमति भएपछि सबै समितिका पदाधिकारीहरु निर्विरोध निर्वा्चित भएका हुन् ।बैशाख-१७, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!