27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

नेपाल जापान विद्यार्थी समाजको बार्षिक उत्सव सम्पन्न, महासचिवमा नवलपुरका भुसाल

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाल जापान विद्यार्थी समाज को दोस्रोवार्षिक उत्सव एब बृहत सास्कृतिक कार्यक्रम आईतबार जापान स्थित टोकियोमा सम्पन्न भएको छ ।
नेपाली राजदूतबास जापानका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालको प्रमुख अतिथ्यतामा तथा चेतन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा डा.बिजय पौडेलको बहुउपयोगी पुस्तक विद्यार्थी डायरी २ विमोचन सँगै दोश्रो वार्षिकोत्सव तथा सांस्कृतिक धमाका २०१८ समेत सम्पन्न भएको थियो । सास्कृतिक कार्यक्रममा हास्य कलाकार कुमार श्रेष्ठ साथै अन्य कलाकारहरु युराज आचार्य , सुर्य खड्का , राम कृष्णबम मल्लको प्रस्तुती रहेको थियो ।
यसैबिच समाजको कार्यसमितिमा रिक्त रहेको महासचिव पदमा कार्यक्रमका मूल आयोजक समितिका सहसमयोजक समेत रहेका कृष्ण प्रसाद भूसाल लाई सर्वसम्मत रुपमा चयन भएका छन् । निर्वाचित भुसाललाई कार्यक्रमका प्रमुख अथिति समेत रहनुभएका नेपालीराजदूतबास जापानका उपनियोग प्रमुख कृष्ण चन्द्र आर्याल तथा एनआरएन जापानका पदाधिकारी तथा बिभिन्न संघसंस्था का प्रतिनिधिले शुभकामना प्रदान गरेका थिए ।
आगामी दिनमा संस्थालाई थप विस्तार गरी जापानका कुनै पनी क्षेत्र मा नेपाली विद्यार्थीलाई परेका समस्या हरूमा समन्वयकारी भूमीका निर्बाह गरी समस्या समाधानमा आफु हरदम तत्पर रहने नवनिर्वाचित महासचिव भुसालले बताए । भुसाल नवलपुर मध्यबिन्दु नगरपालिका का बासिन्दा हुन् । बैशाख-१७, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!