27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

मोदीले सिलान्यास गर्ने भनिएको अरुण तेस्रोकाे कार्यालयमा बम विस्फोट

- Advertisement -
- Advertisement -spot_imgspot_img

अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला खाँदबारी-९ स्थित तुम्लिङटारमा रहेकाे अायाेजनाकाे कार्यालयमा बम विस्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले गएराति १२:२५ बजे अज्ञात समूहले आयोजनाको कार्यालयमा विस्फोट गराएको जनाएको छ । प्रहरीका अनुसार, विस्फोटबाट कार्यालयको दक्षिणतर्फ सामान्य क्षति भएको छ ।

‘राति १२:२५ बजे कार्यालयको दक्षिणतर्फ बम विस्फोट हुँदा पर्खालमा सामान्य क्षति भए पनि अन्य क्षति भएको छैन’, इन्स्पेक्टर वेदप्रसाद गौतमले भने ।

विस्फोट कसले गरायो भन्नेबारे केही खुलेको छैन । घटनालगत्तै सुरक्षा सतर्कता अपनाइएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वैशाख-१६, २०७४ 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

10 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!