प्रदेश नम्बर ४ लाइ कृषीको मोडलको रुपमा अगाडी ल्याउने लक्ष्यका साथ योजना अगाडि बढाउने प्रदेश नम्बर ४ का कृषी मन्त्री लेख बहादुर थापाले वताउनु भएको छ । प्रेस सन्टर नेपाल तथा प्रेस चौतारी नेपालको सयुतm आयोजनामा शनिवार कावासोतिमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुदै कृषी मन्त्री थापाले प्रदेश नं ४लाइ कृषिमा हव गराउने र ३ वर्ष भित्रमा प्रदेश नम्बर ४ का सम्पुर्ण कृषकहरुलाइ व्यवसायीकता तर्फ उन्मुख गराउने बताउनुभयो । यसैगरी मन्त्री थापाले आगामी ५ वर्ष भित्रमा प्रदेश नम्बर ४ लाइ मासु अण्डा, दुध, माछा तथा कृषी बालिमा सम्पन्न गराउदै विदेश निर्यातकोलागी सक्षम बनाउने बताउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुदै कृषी मन्त्री थापाले प्रदेश नं ४ लाइ समाजवाद उन्मुख गराउन कृषिमा आधारित रहेर उत्पादनमा वढवा दिने वताउनु भयो । विदेशियका युवालाइ स्वदेश फर्काउने साथै युवालाइ रोजगार दिलाउनका लागि कृषि तर्फ आर्कषित गराउन आफु लागि पर्नै वताउनु भयो ।
कृषकहरुलाइ पारङगारीक मल तर्फ उन्मुख गराउदै विषादी मुक्त कृषी क्षेत्रको रुपमा घोषणा गर्ने समेत बताउनुभयो । मन्त्री थापाले कृषकहरुलाइ आवश्यक विउ विजन तथा मल समयमै उपलव्ध गराउने प्रतिवद्धता जनाउदै कृषी क्षेत्रमै भविष्य भएकोले कृषी क्षेत्रमै लगानि गरी स्वदेशमै रमाउन युवा पुस्तालाइ आग्रह गर्नुभयो । पत्रकार भेटघाट कार्यक्रममा प्रदेश नम्बर ४ का कृषी सचीव शरदचन्द्र श्रेष्ठ, माओवादी केन्द्र नवलपुरका जिल्ला इन्चार्ज किसन शर्मा गैरे, जिल्ला सहइन्चार्ज धन प्रसाद सापकोटा लगाएतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण प्रेस सेन्टर नवलपुरका सचिव अर्जुन अविरलले गर्नुभएको थियो । बैशाख-९, २०७५