25.1 C
Kathmandu
Flowers in Chania

केपी ओलीको कार्यशैलीमा प्रचण्डको संका, बिबादका कारण पार्टी एकता तर्यो

- Advertisement -Flowers in Chania

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकमा विवादित विषय भन्दा शीर्ष नेतृत्वमा देखिएको एकअर्काका आशंका मेट्ने प्रयास भएको छ । बैठकमा प्रचण्डले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा लगेकोदेखि सचिव सरुवासम्म असन्तुष्टि जनाएका छन् ।

स्रोतका अनुसार प्रचण्डले माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री भएपछि आफूहरुलाई थाहा नै नदिई राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेकोमा असन्तुष्टि जनाएका छन् । सचिव सरुवाबारे पनि माओवादी मन्त्रीहरुसँग परामर्श नै नगरेको भन्दै उनले असन्तुष्टि जनाए ।

अहिले राष्ट्रिय योजना आयोग गठन नै नगरी बजेट निर्माण थालेकोमा पनि उनले असन्तुष्टि जनाएका छन् । प्रचण्डले भनेका छन्, ‘यो कार्यशैली हो भने त दुईवटा अध्यक्ष बनाएपनि एउटा कार्यकारी, अर्को सेरेमोनियल त हुँदैन ?’ उनले बैचारिक राजनीतिक विषय के गर्ने ? महाधिवेशन कसरी गर्ने भन्ने प्रश्न पनि उठाएका छन् ।

७ फागुनमा दुई पार्टीबीच भएको सातबुँदे सहमतिमा एकीकृत पार्टीको निर्देशक सिद्धान्त ‘माक्र्सवाद-लेनिनवाद’ हुने उल्लेख छ । तर, एमालेले अबलम्बन गरेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको २१औं सताब्दीको जनवाद लगायतका विषयमा अझै टुंगिएको छैन ।

स्रोतका अनुसार पार्टी एकता गर्दा बैचारिक राजनीतिक विषयहरु महाधिवेशनबाट टुंगो लगाउने भन्ने र महाधिवेशनमा भोटिङ गरेर टुंगो लगाउने त होइन भन्ने माओवादीको आशंका छ । साथै महाधिवेशनबाट नेतृत्व चयन पनि सहमतिकै आधारमा गर्नु पर्ने माओवादीको जोडछ ।

बिबादै बिबादले बैशाख ९ मा एकता घोषणा टर्‍यो

बैठकमा बैचारिक राजनीतिक र संगठनिक विषयमा कार्यदलले बुझाएको प्रतिवेदनलाई अन्तिम रुप दिने जिम्मा दुई अध्यक्षलाई लिएको छ । चुनाव चिन्ह, जनयुद्ध लगायतका विषयमा विवाद छ ।

‘दुई कार्यदलले प्रतिवेदन पेश गरेको थियो, त्यसमाथि गम्भीर छलफल भयो र प्रस्तावहरुलाई आवश्यकता भए अन्तिम रुपमा परिमार्जन गरेर समितिमा पेश गर्ने जिम्मेवारी दुई अध्यक्षलाई दिइएको छ’ बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सञ्चारकर्मीहरुलाई भने ।

एमाले महासचिव ईश्वर पोखरेलले पनि केही विषय फाइनल टच दिन बाँकी रहेको र त्यो जिम्मा दुई नेतालाई दिएको बताए ।

नेताहरुका अनुसार बैशाख ९ मा पार्टी एकता घोषणा लगभग टरेको छ । यद्यपि औपचारिक निर्णय भएको छैन । ‘कार्यदल ९ गते एकता गर्न उपयुक्त हुन्छ भन्ने थियो । तर, यसबीचमा टुंग्याउने पर्ने विषय टुंगो भएन’ रक्षामन्त्री समेत रहेका एमाले महासचिव पोखरेलले सञ्चारकर्मीहरुसँग भनेका छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्