25.1 C
Kathmandu
Flowers in Chania

४ नम्बर प्रदेश सभा को रमिता : पृथ्वी नारायण शाहको बखान देखि संघीयतालाई हिराको सिक्रीले बाँधिएको भालु बनाईयो

- Advertisement -Flowers in Chania

प्रदेश सभाको पहिलो बैठकमा बोल्ने सांसदले संघीयताको विरोधदेखि पृथ्वीनारायणको स्तुतिसम्म गाए । संसदमा बोल्न पाएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले संघीयतालाई ‘हिराको सिक्रीले बाँधिएको भालु’ भनेपछि सभाहलमा रहेका सांसदले मुखामुख गरे । दर्शकदीर्घामा खासखुस र कल्याङमल्याङ चल्यो ।

संघीयताकै कारण प्रदेश सांसद बनेका थापाले संघीयता अत्यन्तै खर्चिलो र यसबाट जनता असुरक्षित भएको बताएपछि अरु सांसद आश्चर्यमा परेजस्ता देखिन्थे ।

सांसद थापाले फरार सांसद दीपक मनाङेप्रति लक्षित गर्दै यस्ता व्यक्तिलाई संरक्षण गर्ने पार्टी पनि सच्चिनुपर्ने भन्दै एमालेप्रति प्रदेशसभाबाटै व्यंग्य गर्न समेत भ्याए ।

नेकपा एमालेका सांसद एवं मुख्यमन्त्रीका दुईजना दाबेदारले पृथ्वीनारायणको स्तुति गर्दा एमालेकै केही सांसदले मुख बिगारे ।

पहिलो वक्ताका रुपमा मञ्चमा उक्लेका एमाले सचिव पृथ्वीसुब्बा गुरुङले आफ्नो मन्तव्य नै पृथ्नीनारायण शाहले गरेको एकताको प्रसंगबाट सुरुवात गरेका थिए ।

अर्का सांसद किरण गुरुङले पनि पृथ्वीनारायण शाहको पटक-पटक नाम लिए । ‘देश संघीयतामा गइसक्यो तर, हाम्रा माननीयमा पुरानो हृयाङ अझै गएको छैन,’ दर्शकदीर्घामा रहेका एक नेताले भने ‘संघीयताका लागि लडेका व्यक्तिलाई बिर्सेर पृथ्वीनारायणको स्तुति गाउन कति जरुरी थियो ? त्यो आफैं मूल्यांकन गर्नुपर्ने कुरा हो ।’

पृथ्वीसुब्बा गुरुङले ४ नम्बर प्रदेशलाई ७ नम्बर प्रदेश भनेपछि सांसदकै बीच कानेखुसी चलेको थियो । माघ-२३, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्