27 C
Kathmandu
Sunday, April 18, 2021

TRENDING .

सबै जसो प्रदेशमा सभा बैठक बस्दै प्रदेश १ र ४ को पहिलो बैठक आज

- Advertisement -
- Advertisement -spot_imgspot_img

अहिले देशैभर प्रदेश सभाका बैठकहरु चल्ने क्रम जारि छ । प्रदेश १ र ४ को पहिलो प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेश ४ को पोखरा र १ को विराटनगरमा बैठक बस्न लागेको हो । दुवै प्रदेशको  बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । ७ प्रदेशमध्ये ५ वटाको पहिलो बैठक यसअघि नै सम्पन्न भइसकेको छ । प्रदेश ३ को पहिलो बैठक माघ १८ मा भएको हो भने २, ५, ६ र ७ को आइतबार बसेको छ ।

प्रदेशसभाको पहिलो बैठक बस्ने भएपछि विराटनगर र पोखराको बैठक स्थल वरपर चहल पहल बढेको छ । केही सांसद् सभास्थल पुगिसकेका छन् भने केही पुग्ने क्रममा छन् । प्रदेश १ को विराटनगरमा बस्ने बैठकको सबै तयारी पूरा भएको बताइएको छ ।

यो प्रदेशको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य ओमप्रकाश सरावगीले गर्दैछन् । सभामुख छनोट नहुँदासम्म जेष्ठ सदस्यले अध्यक्षता गर्ने प्रावधानअनुसार सरावगीले बैठक सञ्चालन गर्न लागेका हुन् । आजैको बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ । यद्यपि, प्रदेश १ मा सभाुमखको निर्वाचन माघ २९ मा गर्न दलहरु यसअघि नै सहमत भइसकेका छन् ।

प्रदेश ४ ले पनि आज बस्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रदेश ४ को अस्थायी मुकाम पोखरामा पहिलो बैठक बस्न लागेको हो ।

प्रदेशसभाको पहिलो बैठकमा भाग लिन प्रदेश ४ का सबै जिल्लाका सांसद् पोखरा आइपुगेका छन् । बैठक ११ बजे पोखरा नगर विकास प्रशिक्षण केन्द्रमा बस्दैछ । प्रदेश बैठक सञ्चालनको अन्तिम व्यवस्थापन मिलाउन कर्मचारी बिहानैदेखि खटिइसकेका छन् । पुरुष सांसद् दौरा सुरुवाल, कोट, पाइन्ट र आफ्नो सांस्कृतिक पोषाकमा ठाँटिएर प्रदेश सभा छिर्दैछन् भने महिला सांसद् चौबन्दी चोली, साडी, कोट र साँस्कृतिक पोषाक लगाएर संसद भवन छिर्ने तयारीमा छन् ।

आजको बैठक सञ्चालन गर्न सबै सांसदलाई अनिवार्य उपस्थित गराउन सबै दलको सहमतिमा कार्य व्यवस्थापन समिति गठन भएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँचै दलबाट एकएक जना सदस्य रहने गरी कार्य व्यवस्थापन समिति गठन गरिएको हो । २०७४ माघ-२२

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्