27 C
Kathmandu
Sunday, April 18, 2021

TRENDING .

यस्तो छ प्रदेश २ मा प्रदेशसभा पहिलो बैठकको तयारी

- Advertisement -
- Advertisement -spot_imgspot_img

प्रदेश २ को प्रदेशसभाको पहिलो बैठकको तयारी लगभग पुरा भएको छ । प्रदेशसभाको पहिलो बैठक भोलि बोलाइएको छ । पहिलो बैठकको अघिल्लो दिन बसेको सर्बदलीय बैठकले पहिलो बैठकका एजेण्डाहरु तय गर्नुका साथै फागुन २ गते सभामुख चयन गर्ने सहमति गरेको छ ।

शैक्षिक तालिम केन्द्रको भवनलाई प्रदेशसभा स्थल बनाइएको छ । पहिलो बैठकका लागि सभाहल सिंगारिएको छ । भवनलाई रंगरोगन गरेर चिटिक्क पार्नुका साथै सभा हललाई संसद हलकै स्वरुपमा ढाल्ने प्रयास भएको छ । सांसदहरुलाई ड्यापड्याट गर्न मिल्ने गरी टेबल बनाइएको छ ।

सभाहलको मुल गेटमै मिथिला आर्ट राखिएको छ । प्रदेशसभाकै पहिलो बैठक भएकाले रोष्टममा फूलमालाले सजाइएको छ । आईतबार बिहान सम्म पनि हल तयार पर्ने काम भइरहेको छ । माघ-२१, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्