27 C
Kathmandu
Sunday, April 18, 2021

TRENDING .

कतारमा ११ नेपाली कोमामा

- Advertisement -
- Advertisement -spot_imgspot_img

कतारको कमाद अस्पतालमा ११ नेपाली कोमामा रहेका  छन । सबैभन्दा बढी समयदेखि कोमामा रहेका व्यक्ति हुन्, महेशपुर–१ झापाका २९ वर्षीय श्रीबहादुर नेम्वाङ । उनी १० वर्षदेखि कतारको कमाद अस्पतालमा कोमामा रहेको समाचारमा उल्लेख छ ।

अली रमदान ट्रेड कम्पनीमा काम गर्न आएका नेम्वाङलाई ४ सेप्टेम्बर २००८ मा सडकमा गाडीले ठक्कर दिएको थियो । घाइते नेम्वाङ त्यसैबेलादेखि कोमामा गएका हुन् ।

दूतावासका अनुसार कमाद अस्पतालमा कोमामा रहेका नेपालीमा नाउलाखोर परासही–२ धनुषाका विन्दे मुखिया विन, शान्तिनगर–५ दाङका भक्तबहादुर रासकोटी, अनिश गोसल जोगी, जर्मन मुखिया, देवीमान्डु–५ बैतडीका भरतराम यादव लावड, गोविन्दपुर–६ धनुषाका सन्तोषकुमार यादव छन् ।

त्यस्तै चोखवाङ–९ रुकुमका ललित बुढा, जंगवीर गुरुङ सुकराज फहिम र चन्द्र गुरुङ पनि कोमामा छन् । समाचार कान्तिपुर दैनिकमा छ ।माघ-१९, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्