25.1 C
Kathmandu
Flowers in Chania

मोदीको सन्देशसहित सुष्मा आज नेपाल आउँदै, आए लगत्तै राजनीतिक भेटवार्ता

- Advertisement -Flowers in Chania

भारतीय विदेशमन्त्री सुषमा स्वराज २ दिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदैछिन् । उनी वायुसेनाको विशेष विमानमार्फत अपराह्न तीन बजे नेपाल आउन लागेकी हुन् ।

काठमाडौं आएलगत्तै उनले राजनीतिक भेटवार्ता गर्ने बताइएको छ । स्रोतका अनुसार, उनले शुरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने तयारी गरेकी छन् । स्वराजले आजै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र मधेसकेन्द्रित दलका नेतासँग पनि छलफल गर्ने तयारी छ । तर, भेटवार्ताको समय र स्थान भने तय भइसकेको छैन ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताको कार्यक्रम निर्धारण गरिएको छ । शुक्रबार नै उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछिन् । शुक्रबार अपराह्न चार बजे उनी स्वदेश फर्किने छिन् ।

नेपालमा वाम गठबन्धनको नेतृत्वमा सरकार गठन हुने परिस्थिति निर्माण भइरहेका बेला हुन लागेको भारतीय विदेशमन्त्रीको यो भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ । कतिपयले स्वराज मोदीको सन्देश बोकेर आउन लागेको विश्लेषण गरेका छन् ।

भारतीय विदेश मन्त्रालयले गत सोमबार एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री स्वराज दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आउन लागेको जनाएको थियाे । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भ्रमण हुन लागेको उल्लेख छ । २०७४ माघ १८

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्