8.1 C
Kathmandu
Flowers in Chania

नेपाली क्रिकेटरका लागि ईतिहास रच्दै आईपीएलको ढोका खोले सन्दिपले

- Advertisement -

आइतबार भारतको बेङ्ग्लोरुमा आईपीएलको अक्सन चलिरहेको थियो । अक्सन सञ्चालकले एकपछि अर्को खेलाडीलाई लिलाम बडाबढमा विक्री गरिरहेका थिए । कुनै खेलाडी भित्र्याउन टिमहरु तछाडमछाड गरिरहेका थिए भने कुनै भेट्रान क्रिकेटरमाथि बोली नै लागेको थिएन । क्रिस गेलदेखि मार्टिन गुप्टिलसम्म विकेनन् ।

त्यही क्रममा नेपालका सन्दिप लामिछानेको नाम आयो । अक्सन सञ्चालकले १७ वर्षका उनी नेपालबाट हुन् भन्दै स्वागत गरे । सन्दिपको न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो ।

दिल्ली डेयरडेभिल्स सन्दिपलाई किन्न तयार भयो । यद्यपी अरु टिम प्रतिस्पर्धामा नआएका कारण २० लाखमै उनी बिक्री भए । यसरी सन्दिप आईपीएल टिममा आवद्ध भए । यो आफैंमा इतिहास बन्यो ।

अहिलेसम्म नेपाली क्रिकेटरले आईपीएल खेल्न त परको कुरा, अक्सन लिस्टमै परेका थिएनन् । तर, लेग स्पिनर सन्दिपले दुबै चरण पार गर्दै आईपीएल टिम दिल्लीमा आवद्ध भएका छन् ।

नेपाली यू-१९ प्रशिक्षक एवंं पूर्वकप्तान विनोद दास यसलाई नेपाली क्रिकेटको इतिहासको सबैभन्दा ठूलो इभेन्टमध्ये एक मान्छन् । ‘कुनै पनि नेपाली खेलाडी आईपीएल जस्तो इभेन्टमा प्रतिनिधित्व गर्न पाउनु ठूलो उपलब्धी हो’ उनले भनेका छन् ।

कलिलै उमेरमा यति ठूलो उपलब्धि हासिल गरेका सन्दिपको आईपीएल यात्रा कसरी सम्भव भयो त ?

प्रशिक्षक दास भन्छन्, ‘सन्दिपमा क्षमता छ, त्यसैले उनी आज त्यहाँ छन् । तर, त्यहाँसम्म पुर्‍याउन धेरैले मेहनत गरेका छन्, कुनै दिन सन्दिपको मुखबाटै सुन्दा मजा होला ।’ सन्दिप अहिले डिभिजन टूको तयारीका लागि नेपाली टोलीसँग दुबई पुगेका छन् । उनको आईपीएल यात्रा निकै छोटो समयमा सम्भव भएको जानकारहरु बताउँछन् ।

आईपीएलको खेलाडी अक्सनमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड -बीसीसीआई) र इन्टनेशनल म्यानेजमेन्ट ग्रुप -आईएमजी)ले सामान्यतया सम्विन्धित देशको क्रिकेट संघबाट मात्र खेलाडीहरुको नाम लिने गर्छन् । तर, नेपालको क्रिकेट संघ निलम्बनमा छ ।

त्यसैले सुरुमा सन्दिपको नाम अक्सन लिस्टका लागि गएको थिएन । तर, करिव २/३ साता अघि मात्र क्रिकेट संघकी पूर्वसीईओ भावना घिमिरेले आईएमजीमार्फत फर्म मगाएर सन्दिपलाई दिएकी थिइन्, जसले यो सम्भव भएको हो ।

अक्सन र्फम भरेपछि सन्दिप सुटुक्क दिल्ली पुगेका थिए । उनले दिल्ली डेरडेभिल्समा ट्रायल दिएको अनुमान छ । यसका लागि क्रिकेट टिमका टेक्निकल एनालिस्ट एवं म्यानेजर रमन शिवाकोटी लगायतले भूमिका खेलेको थिए ।

अक्सनअघि नै भएका सम्वादहरुका कारण आइतबार उनीमाथि दिल्लीले बोली लगायो । दिल्ली त्यही टिम हो, जसको प्रशिक्षक रिकी पोन्टिङ छन् । यसमा माइकल क्लर्कको भूमिकालाई पनि बिर्सन सकिन्न । उनकै पहलमा अष्ट्रेलिया पुगेर क्रिकेट खेलेका सन्दिपलाई आईपीएलमा पुर्‍याउन उनले सामाजिक सञ्जालमा लविङ नै गरेका थिए ।

क्रिकेट संघकी पूर्व सीईओ घिमिरे यो सन्दिपका लागि मात्र नभई नेपाली क्रिकेटका लागि नै ठूलो अवसर भएको बताउँछिन् । ‘सन्दिपका लागि अवसरसँगै चुनौती पनि हो । अब उनले १०० प्रतिशत दिनुपर्छ’ घिमिरेले भनिन्, ‘यस्तो संकटको बेलामा पनि नेपाली क्रिकेटरका लागि आईपीएलको ढोका खुलेको छ ।’

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्