नवलपुर जेसीज वर्ष २०१८ को अध्यक्षमा त्रिभुवन तिवारी सर्वसम्मतरुपमा चयन हुनुभएको छ । शुक्रवार कावासोतीमा सम्पन्न अधिवेशनबाट कार्यकारी उपाध्यक्षमा राज कुमार सिग्देल , विष्णु प्रसाद भुषाल , उपाध्यक्षमा सुनिताकर्मा सिग्देल , ओमकार घिमीरे , सुमन कुमार श्रेष्ठ र प्रकास बस्ताकोटी निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृत केशवराज भट्टराईले जानकारी दिनुभयो । वर्ष २०१७ का अध्यक्ष कृष्ण अर्यालको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । महासचिव , कोषाध्यक्ष तथा अन्य पदहरु अध्यक्षले मनोनित गर्नेछन् । माघ-१३, २०७४