8.1 C
Kathmandu
Flowers in Chania

बलियो काग्रेसका लागि शसक्त नेविसंघ

- Advertisement -

कावासोती –पाटीमा युवालाई नेतृत्व दिएर पाटीलाई सुढृण बनाउनुपर्नेमा नेविसंघका नेताहरुले जोड दिएका छन् । शहिद दिवशको अवसरमा नेपाल विद्यार्थी संघ कुमारबर्ति क्याम्पस इकाइ समितिको आयोजना गरेको बलियो काग्रेसका लागि शसक्त नेविसंघ विषयम अन्तकृया कार्यक्रममा सहभागि विद्यार्थी नेताले यस्तो बताएका हुन् । कावासोतीको बिपी स्मृती भवनमा आयोजित अन्तकृयामा सहभागि विद्यार्थहरुले नयाँ भिजन लिएर अघि बढे मात्रै संगठन र पार्टी बलियो हुनमा जोड दिएका थिए । सधै बिपी कोइराला, गणेशमान, गिरिजा प्रसाद कोइरालालगायतको नाम बेचेर भन्दा पनि नयाँ भिजनका साथ अघि बढ्न सके नेपाली काँग्रेस बलियो बन्न सक्ने भएकाले त्यसतर्फ सचेत हुन नेतृत्वलाई विद्यार्थीहरुले सुझाव दिएका थिए । नेपाली काग्रेस महासमिति सदस्य तथा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्स्य हिमाल दत्त श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरे, नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य आर सी भट्टराई, जिल्ला अध्यक्ष राजेश पौडेल, पुर्व केन्द्रिय सदस्य गोकुल सापकोटा, जिल्ला कोषाध्यक्ष लक्ष्मण रिजाल, झपेन्द्रेश्वर भुषाल लगायतको सहभागिता थियो । क्याम्पस इकाइ समितिका अध्यक्ष हरि सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अर्जुन चालिसेले शब्दद्धारा स्वागत गर्नुभएको थियो । माघ-१२, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्