25.1 C
Kathmandu
Flowers in Chania

कावासोती नगरपालिकामा भाडभैलो भएको भन्दै ८ जना वडा अध्यक्षले बुझाए नगरप्रमुखलाई ज्ञापनपत्र

- Advertisement -Flowers in Chania

कावासोती नगरपालिकाकी नगर प्रमुख चन्द्र कुमारी पुनलाई नगरभित्रका ६ जना वडा अध्यक्षहरुले संयुक्त रुपमा आज (बिहिबार) ज्ञापन पत्र बुझाएका छन् । नगर भित्र देखिएका समस्याहरु प्रति नगर प्रमुखको ध्यानाकर्षण गराउदै अध्यक्षहरुले ज्ञापन पत्र बुझाएका हुन् ।

कावासोती नगरपालिका वडा नं. १, ३, ६, ७, ८, ११, १३ र १४ नंबर वडाका वडा अध्यक्षहरु नारायण पन्त, अमृत कुमार श्रेष्ठ, हेमप्रसाद पाण्डे, नन्दलाल गुरौ, आन्नद गुरुङ, शारदा प्रसाद अधिकारी, विनोद राना र जित बहादुर महतोद्धारा हस्ताक्षरीत विज्ञप्तीमा नगरपालिकाको फोहोर व्यावस्थापन हुन नसकेको, नगरपालिकाको सम्पतीहरु चोरी हुनु, कर्मचारीको व्यावस्थापन, केरुङेखोलाको ठेक्का प्रक्रिया र नगरपालिकाको सवारी साधनको दुरुपयोग जस्ता विषयमा ध्यानाकर्षण गराईएको छ ।

ज्ञापन पत्र बुझाएपछि वडा नंबर १ का वडा अध्यक्ष नारायण पन्तले आफुहरुले विभिन्न साँत बुदे मागसहितको विषयमा ध्यानाकर्षण गराइएको र छिट्टै निश्कर्षमा पुगिने आश्वासन नगरप्रमुख चन्द्र कुमारी पुनले दिनुभएको जानकारी दिनुभयो ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख पुनले कावासोती नगरपालिकाको समस्या सबै नगरबासीको समस्या रहेको भन्दै सबै वडा अध्यक्ष, नगरकार्यपालिका सदस्य, वडा सदस्य सबै जिम्मेवार भएर लाग्दै नगरको विकासमा हातेमालो गर्न अनुरोध गर्नुभयो ।

उहाँले कर्मचारीहरुका लागि ३० प्रतिशत सुविधा थप गरिएको भन्ने कुराको खण्डन गर्नुभयो । उहाँले यसअघि नै खाइ पाइ आएको तलवभत्ता बाहेक आफुहरुले कुनैपनि कर्मचारीको सुविधामा थप नगरिएको स्पष्ट पार्नुभयो । उहाँले नगरपालिकाका दुई पाँग्रे सवारी साधान दुरुपयोग नभएको दावी गर्दै सबै सवारी साधानमा सेतो नंबर प्लेट राख्ने क्रम जारी रहेको बताउनुभयो ।

ज्ञापन पत्रमा लेखीएका कतीपय विषय नगरकार्यपालिकाकै बैठकबाट निर्णय गरिएको र कती निर्णयहरु अधिकार प्रयोग गरी गरीएको भन्दै अब केहि दिन भित्रमानै कार्यपालिकाको बैठकमा उठेका विषयहरुमा छलफल गरी प्रष्टाइने नगर प्रमुख पुनले जानकारी दिनुभयो । माघ-१२, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्