25.1 C
Kathmandu
Flowers in Chania

सरकारले बृद्ध भत्ता दिने उमेर हद घटाएकोमा एमालेको आपत्ति

- Advertisement -Flowers in Chania

नेकपा एमालेले नयाँ सरकारले अहिलेको सरकारले गरेको वृद्धभत्ताको उमेरहद घटाउने लगायतका निर्णय कार्यान्वयन नगर्ने बताएको छ । सरकारले बुधबार ६५ वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकलाई वृद्धभत्ता दिने निर्णयलाई गरेको थियो । उसले सस्तो लोकप्रियताका लागि गरिएको गैर जिम्मेवार काम भनेको छ ।

‘नेपाली कांग्रेस नेतृत्वको यो सरकार जेष्ठ नागरिकको सम्मान र सामाजिक सुरक्षाको दायरा बढाउने कुरामा होइन सस्तो लोकप्रियताका लागि गैरजिम्मेवारपूर्ण ढंगले गरिएको निर्णयको रुपमा रहेको छ’ एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘सरकारले वाषिर्क नीति र कार्यक्रम तथा बजेटमा समावेश नभएको यो निर्णय कसरी कार्यान्वयन हुन्छ भन्ने प्रष्ट छैन । यो राज्यकोषको दुरुपयोगको प्रयोजनबाट प्रेरित छ ।’

नयाँ सरकारले यसबीचमा भएका सम्पूर्ण निर्णयहरुमाथि पुनर्विचार गर्ने र संविधान कानुन र राष्ट्रका हित विपरीत भएका सबै निर्णहरुलाई अस्वीकार गर्नेसमेत स्पष्ट पार्न चाहन्छौं’ एमालेको विज्ञप्तिम भनिएको छ । एमालेले सरकार कामचलाउ अवस्थामा पुगिसकेको भन्दै मुलुकलाई दीर्घकालीन हानी पुर्‍याउने निर्णय नगर्न पनि आग्रह गरेको छ । माघ-११, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्