25.1 C
Kathmandu
Flowers in Chania

जनताको पसिना निचोरेर उठाएको करमा ब्राम्हलुट मच्चाउदै नगरपालिका, कर्मचारीलाई तलवको ३० प्रतिशत सम्म थप भत्ता सुविधा

- Advertisement -Flowers in Chania

कावासोती, कावासोती नगरपालिकाले जनताबाट उठाएको करमा ल७३घढसट मच्चाउदै आएको छ । नगरपालिकाका कर्मचारीहरुले सरकारले तोकेको सेवा सुबिधा भन्दा वढी ३० प्रतिशत सम्म तलव सुविधा लिएर नगरवासीमाथी भार थोपरेका छन । नगरपालिकामा काम गर्ने कर्मचारीहरु मध्ये पनि सुविधा लिनमा केही कर्मचारीलाई पाखा पारिए पछि यो घटना सार्वजनिक भएको हो । नगरपालिकामा कार्यरत कर्मचारीहरुले थप सुविधा भन्दै मासिक २ लाख २५ हजार रुपैया भत्ता बापत बुझ्ने गरेको पाइएको छ । नगरपालिकाले गत वर्षको पौस देखि यो सविधा प्रयोग गर्दै आएको छ । पौष बाट प्रयोग गर्दै आएको सुविधालाई जनप्रतिनिधिहरुले नगरसभावाट विना हिचकिचावट पास गरेपछि कर्मचारीहरुलाई सुविधा लिन सहज भएको हो । कर्मचारीले त्यतिधेरै मात्रामा सुविधा लिएको वारे आफुलाई केही पनि जानकारी नभएको नगर उपप्रमुख प्रेमशंकर मर्दनियाले बताउनुभयो । हामीलाई विगतमा केही जानकारी भएन । यसवारेमा मैले केही दिन अघिमात्र थाहा पाएको हुँ– उपप्रमुख मर्दनियाले भन्नुभयो । अव म यो सुसविधालाई कटौती गर्ने प्रस्ताव लैजान्छु । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने भएपनि यसरी सवै कर्मचारीलाई सुविधा दिने कार्यक्रम खारेज गर्ने मर्दनियाले बताउनु भयो । समान पद र कार्यालय भित्र काम गर्ने कर्मचारीभित्र फरक व्यवहार भएको भन्दै केही कर्मचारीहरुले आक्रोश समेत पोखेका छन् । प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद लम्सालले आफुले कुनै पनि कर्मचारीलाई फरक व्यवहार नगरेको दावी गर्नुभएको छ । साथै थप सुविधा र भत्ताको बारेमा उहाले भन्नुभयो यो विगतमा भएको निर्णयको कार्यान्वयन मात्रै हो । आफुले केही वढी गरेको छैन । कावासोती नगरपालिकामा निजामति र आन्तरिक तर्फका गरि ३८ जना कर्मचारी रहेका छन् । त्यसै गरि स्वास्थ्य सेवाका ४० जना छन् भने शिक्षकहरु ३ सय ४६ जना रहेको नगरपालिकाको तथ्यांक मा उल्लेख गरिएको छ । थप सुविधा पाउने मा स्वास्थ्य र शिक्षाका कर्मचारी बाहेक नगरपालिकाका कर्मचारीहरु रहेका छन् । नगरपालिकाले उसका मात्रै ३८ जना कर्मचारीहरु मध्ये पछिल्लो समयमा हाजिर भएका दुइ जना बाहेक अन्य सवैलाई थप सुविधा उपलब्ध गराएको स्रोतले जनाएको छ । नगरपालिकाले सेवाग्राहीबाट उठाएको कर वापतको मोटो रकम कर्मचारीहरुको सेवा सुविधामा खर्च गरेको हो । माघ-१०, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्