नवलपरासी, पछिल्लो केहि वर्ष यता जिल्लाको नवलपुरबाट कलाकारहरु उत्पादन र कलाकारीतामा लाग्नेको संख्या बढ्दो छ । चर्चित कलाकार र आफुलाई कलाकारीताबाट परिचित गराउन अहिले नवलपुरका अधिकाशं युवा युवतिहरु लागि परेका छन । कोहि गायन , कोहि नित्य त कोहि अभिनय । यस्तैमा कलाकारीताको भिडमा नवलपुरको गैडाकोट-१४, का रिन्कु सापकोटा पनि आफुलाई गायन क्षेत्राबाट कलाकारितामा चिनाउने प्रयासमा लागि परेका छन । आफुलाई संगित क्षेत्रमा रम्न रुचाउने सापकोटा हरेक स्थानमा केहि न केहि गित रचेर गुन गुनाइ रहेका हुन्छन । २२ वर्षे सापकोटा अहिले गायन क्षेत्रबाट नै परिचित गराउन केहि दिन अघि मात्र हाइलाइट् म्युजिक मार्फत आफ्नो “प्यास लाग्यो मलाई देउन पिउने पानी” बोलको गित बजारमा ल्याएका छन । माया प्रेम नै सर्वस्व ठान्ने युवा तथा युवतिहरुलाई मुख्य पात्र बनाइ सापकोटाले गित बजारमा पस्केका छन । आफुलाई लोक पप गायक भन्न रुचाउने सापकोटाले हाल बजारमा ल्याएको गितले चर्चा बटुल्न थालेको छ। आफैले स्वर दिएको उक्त संगितमा श्याम लम्सालको शव्द , प्रकाश नेपालीको संगित , राहुल विस्वकर्माको एरेञ्ज रहेको सो संगितलाई रविन्द्र वराली र सुमित लामाले निर्देशन गरेका छन भने सुनिल राना र सिमा थापाले अभिनय गरेका छन । विशेष गरेर बालक देखि परिवर्तित हुदै आएको टिनएज सम्म आउदाको कुरालाई संगितमा समेटिएको छ । संगितबाट नै आफुलाई ख्याति तर्फ लैजाने सोचका साथ गायन क्षेत्रमा लागेका सापकोटाले यो संगै आगामि दिनमा अन्य गितहरु पनि बजारमा ल्याउने प्रयास गरि रहेका छन । गित र संगितले नै संसार चलेको बताउने सापकोटाले आफुलाई स्रोता र दर्शकको माया आवस्यक रहेको बताए । उनले आफुले संगितको दुनियामा एउटा नया आयाम थप्ने पनि बताए । youtube मा हेर्न सकिने उनको ‘प्यास लाग्यो मलाई……गितले यतिबेला निक्कै चर्चा पाएको छ ।
भिडियो[mom_video type=”youtube” id=”ZNdy0lqugeQ”]