विवादका विच नवलपुर उद्योग वाणीज्य संघको नयां कार्यसमितिमा दलगत भागवण्डामा टुङगिने भएको छ । यसअघि निर्धारीत अधिवेशनमा विवाद भएपछि शुक्रवारलाई सरेको थियो । बन्दसत्रमा सहमतीको लागि साधारण सदस्यले आकाक्षिहरु मिलेर आउन दवाब दिएपछि सहमतीको खाकां तयार भएको हो ।
सहमती अनुसार अध्यक्षमा डासुराज पोख्रेलको अध्यक्षतामा २३ सदस्सीय समिती गठन गर्न दलहरु विच सहमती भएको छ ।जस्को वरिष्ठ उपाध्यक्षमा पुष्प पाण्डे , उपाध्यक्ष उद्योग तर्फ हरिष चन्द्र पोख्रेल , उपाध्यक्ष वाणीज्य तर्फ गोविन्द क्षेत्री , महासचिव वैकुण्ठ प्रसाद अर्याल , सचिव किरण कुमार श्रेष्ठ , सदस्यमा हरी प्रसाद सुवेदी , लाल प्रसाद बराल , पदम बहादुर केसी , नवराज सुवेदी , मनि प्रसाद गुरुङ , नन्दु रिजालमा सहमती भएको छ भने मनोनित तर्फ महिला उद्यमी खगिसरा लामीछाने , वाणीज्यमा राजेन्द्र पाण्डे , एसोसीएटमा हेमु शंकर देवकोटा , उद्योगमा पुर्ण प्रसाद न्युरो , बस्तुगतमा युवराज वस्याल , भेग तर्फ सागर पोख्रेल , नारायण न्यौपाने , धनिराम महतो लगाएतका मनोनित गर्ने सहमती भएको छ । यसैगरी लेखा समिती संयोजकमा गंगाराम पौडेल , भेषराज अधिकारी र रमेश अधिकारीको नाम सिफारिस भएपनि निर्वाचन समितिद्धारा आधिकारिकता भने प्राप्त भएको छैन् । निर्वाचन समितिका संयोजक चेत नारायाण भुषालका अनुसार आफुले सहमती भएको सुनेपनि आधिकारीकरुपमा निर्वाचन मण्डलले प्रकृया पुर्याएपछि मात्र आधिकारीक घोषणा हुने बताउनुभयो ।२०७४ माघ- ६