25.1 C
Kathmandu
Flowers in Chania

जन युद्धमा आधारित कथा…… युद्ध हारेको मान्छे म

- Advertisement -Flowers in Chania

नेपाल को दुर्गम अनी एक सामान्य परिवार मा हुर्कीएको व्यक्ति म हाम्रो परिवारमा बुवा आमा, मेरी दीदी र मेरी श्रीमती गरी ४जनाको सानो परिवार थियो ।
बुवा आमाको पनि उमेर ढल्किसकेकाले घरको सम्पूर्ण जिÞम्बेवारी मेरै काधमा थियो । अनी घरको काममा सहयोग हुन्छ भनेर १८ वर्षको उमेरमानै मेरो बिवाह गरिदीइएको थियो । बुवा आम खेती किसान गर्नु हुन्थ्यो । म पनि उहाँहरुको काम मा सघाउने गर्थे । बिहान भाले बासें सगैं उठेर पानी भर्ने घाँस दाऊरा काटने सबै काम सकेर पढ़न जानू परथ्यो ।
गाउँमा कक्षा ८ सम्म मात्र पढ़ाई हुने भएकाले म १० कक्षा अध्यनका लागि घरबाट कÞरीब २ घण्टा हिडेर बिद्यालय पुग्नु पथ्र्याे देशमा जनयुद्ध चलेकाले नि बिद्यालय जादा आउदा सरै डर हथ्यो । भर्खर १८ वर्षको छोरो, कतै यसलाई पनि सेनाले लगे भने त हाम्रो बुढेसकालको सहारा हुदैन भनेर आमाले सारै पीर मान्नू हुथ्यो । एक दिनको कÞुरा हो माघको महिना थियो चिसो धेरै बढ़ेकाले बिद्यालयमा सरले हामीलाई बाहिर बिद्यालयको चौरमा राखेर पढ़ाईरहनु भएको थियो त्यतिकैमा कÞरीब ५० जना जना क्रान्तिकारीका व्यक्तिहरू आए । हामी सबै बिद्यार्थीलाई एक ठाउँमा जम्मा गरी देशमा भएका असमानता, अन्याय र अत्याचारको बारेमा बताउदै युद्ध लडेर देशमा आमूल परिवर्तन ल्याउनू पर्ने भन्दै थिए , त्यो सुन्दा मैले समाजमा देखी रहेको अन्याय र अत्याचार अंन्त्य गरी देशमा परिवर्तनको बिगुल फूक्ने सपना बोकि आफÞ्ना बुवा आमा परिवार अनि आफ्Þनो सम्पूर्ण व्यक्तिगत हितलाई छाडेर देशमा उज्यालो बिहानी ल्याउने लक्षका साथ पुस्तक को झोलालाई त्यही बिसाएर बन्दुकÞको गोला बोक्न थाले ।
यतिकैमा युद्धमा होम्मिएको म बिचमा धेरै लड़ाईहरु लडें आफÞनै आँखा आगाड़ी कती साथी हरू साहिद भए अनि धेरै महिला दीदी बहिनीको सिंदूर पूछीए । एक दिनको कुरा हो दशैको बेला थियो हामी सबै क्रान्तिका साथी हरू नाचगान सहित रमाइलो गरिरहेका थियांै । त्यही बेला सेनाले हामी माथी हमला गरे । त्यहाँ रक्तपात भयो टिका र जमराले रंगिनुपर्ने दिन हाम्रो शरिर रगतले रंगियो । त्यतिकैमा मेरो शरिरमा पनि गोली लाग्यो र मलाई मर्यो भनेर मुढोसरी गुल्टीएको मेरो शरीर माथी सेनाले बुट बजारेर छोडेका रहेछन । पछी साथीहरूले लगेर मेरो उपचार गरेछन अनि भाग्यको खेलले म बाँच्न सफल भएछु होस मा आउदा त थाहा भो मैले गोली लागेर मेरो दाहिने हात नै पो गुमाएछु । धेरै रात खान नपाई पानीको भरमा भोकै लडेको मान्छे म, धेरै चोट अनी पीडाहरू सहँे कहिले काहि भोकै हुदा पनि मेरी आमालाई संझिन्थे, सधै बिहानै बिस्तारामा नै चिया र खाजा ल्याएर दिने मेरी आमा म सदरमुकÞाम ८ कक्षाको जिल्ला स्तरीय परिक्षा दिन १० दिनको लागी मात्र घर छोडेर हिड्दा पनी बाबू कहिले आउछ होला भनेर बाटो हेर्ने मेरी आमा आज म कÞरीब १० वर्ष पुग्न लाग्यो गर छाडेको मेरो बाटो कुर्दा कुर्दै कति थाके होलान् ति मेरी आमाका आँखा , अनी मेरा ति बूढा भएका बाबु , बुढेसकालको सहारा एक्लो छोरोले पनि छाडेर हिन्दा कती दुःख पाए होलान् ति मेरा बाबु , अनी भाईटिकामा सधै माला अनि टिका लगाएर रमाऊदै गरेको बेला मेरी दीदी मलाई समझी टाउको सामाउदै रुदै होलिन् । यस्तै यस्तै कुराहरू मनमा खेल्थे , घरको यादले सताउथ्यो त्यसबेला युद्ध छाडेर एक मनले अब घर जाउ जस्तो हुथ्यो अनी फेरि त्यही बेला अर्को मनने बाल्यकालमा पढेको भूपि सेरचनको कबिता याद आउथ्यो
…हुदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन देश दुइचार सपुत मरेर नगए…
अनि फेरी आप्mÞनो मनलाई सम्झाउदै देश परिवर्तनको सपना बोकि त्यो एक हातले नी बन्दूकÞ बोकेर निरन्तर लागीरहे यतिकै मा देशमा शान्ति समझौता भयो अनी हामीले बन्कÞ बिसायौं संगै लडेका धेरै साथीहरू सेना समायोजन पछि सेनामा भर्ती भए तर म भने एउटा हात गुमाएकाले अयोग्य साबित भए । तर पनि म मा कुनै पश्चाताप थिएन, म निस्वार्थ जनताको मुक्तिको लागि लेडेको थिए अनी सेनामा अयोग्य भएर केभो मलाई माया गरने मेरो आमा छिन अनि मेरा बुवा, दीदी यत्तिका वर्ष पछी भेट हुन पाउँदा यिनै कुराहरु खेलाउदै घर फर्कीन पाउदा मेरो मनमा खुसीको सीमानै थीएन जब म सारा पिडा भूलेर घर पुगे तब मैले वरिपरी हेरे सबै सुनसान थियो । घर पनि माकुराको जालो लागेको कोहि नभए जस्तो घरको ढोकामा ताल्चा लगाएको, देखेर म अचम्ममा परे अनी १० वर्ष पछि मेरी आमालाई देखन आतुर मेरा नयनहरू त्यो घर अनि बस्ती तिर हेरेर एकोहोरो टोलाई रहेको थियो । अनी त्यतिकैमा पल्लो घरे काकी आइपुग्नु भयो । मलाई यतिका वर्ष पछि फेरी देखेर काकी पनि अचम्म पर्नू भएछ, काकी पनि मलाई देख्न पाउदा हर्षको आँसु बगाउनु भयो । काकीका आँखाको आसुलाई वास्तै नगरी मैले हतार हतार सोधे काकी खोई त मेरा बा आमा ? काकी मेरो प्रश्न सुनेर मौन रहनु भयो । अनी मैले फेरी उहि प्रश्न दोहाराइ रहे बोलनु न काकी किन बोलनु हुन्न ? अनी काकी रुदै मधुरो स्वर मा भन्न भयो ……बाबू तेरो बुवा प्रेशरको बिमारले च्यापेर बित्नु भो….
मैले आत्तिदै काकीलाई अर्को प्रश्न तेस्र्याय सोधे मेरी आमा ? बाबु तेरो बुवा बितेसी सधै तेरो तस्वीर हेरेर रुदै तेरो बाटो हेरेर बस्थिन सायद पिड़ा सहन नसकेर होला पिरैपिर ले मरिन । अन्तीम पटक तेरो मुख हेर्न ठुलो रहर गरेकी थिइन तेरी आमाले । तर के गरर्नु त आउछस भनेर घर चारैतिर सेनाले घेरेकाले हामीले तलाई बोलाउन नि सकीएन । त्यरो बाटो हेर्दा हेर्दै त नआएसी…..काकि भक्कानिन थालिन ।
यो कुरा सुन्दा म छांगाबाट खसे जस्तै भए । म आफुलाइ सम्हालनै नसक्ने भए । मेरो शरीर काप्न थाल्यो । यतिकैमा मैले रुदै सोधे अनी मेरी दीदी ?
काकीले रुन्चे स्वरमा भनिन … बाबू त बेपता भएसी तेरो घरमा नत खाने अन्न नै थियो नत तेरा बिरामी बा ले खाने औषधि नै थियो । अभाबै अभावमा गुज्रीएको परिवारलाई सुख दिन पैसा कमाउने आसमा प्रादेशिएकी दीदीलाई उतै दलाल ले बेच्यो रे बाबू ।
यो कुरा सुन्दा मेरो मनमा सहनै नसकने पीड़ा भो, देशको परिवर्तनका लागि लडेको मान्छे म त्यही युद्धबाट एउटा हात गुमाउन पुगे युद्ध सम्पन्न हुदा सम्म एउटा हातमा पेस्तोल लिएर युद्ध गर्दा सम्म योग्य भएको म आज सेना समायोजनमा अयोग्य हुनु पर्यो । आज मेरो साथ मा नत गरिखाने हात छ, नत परिवारको साथ नै । सरकारले राहत स्वरूप मलाई केही रकÞम त उपलब्ध गरायो तर यो पैसाले मैले न त आफूले गुमाएको हात नै किन्न सक्छु नत मेरो परिवार नै । आफ्Þना सारा खुशी त्यागेर समाज परिवर्तन गर्न हिनेको म आज मात्र थाहा भो मइन सरि जलेर अरुलाई उज्यालो दिने प्रयाशमा जलिरहे तर अरुलाइ उज्यालो दिन खोजÞदा खोज्दै आप्mÞनै जीवन अन्धकारमा रोमलीए को थाह नै पाएनछु ।
आज देशका बास्तविक योद्धाहरू घर घरवार बिहिन हुनु परेको छ । अवशरबादी हरुको हावी भएको यो स्थिति रहिरहेमा नेता हरुलाई अवस्य पनि सहिदको आत्माले सराप्ने छ । देशमा शाशन परिवर्तन भयो तर शाशक परिवर्तन भएका छैनन्
देशमा साशकको पनि परिवर्तन भई छिटो देश विकासको गतिमा अघि बढ़ोस ।
म रोए पनि नेपाल आमा हसिरहुन म मरेपनी सारा जनता अब शान्तिपूर्वक बाचिरहुन ।
लेखक कृष्ण भुसाल
मध्यबिन्दु १५ नवलपुर
हाल कुमामोतो जापान

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

4 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्