25.1 C
Kathmandu
Flowers in Chania

तारेखमा छुटे डा. गोविन्द केसी, टिचिङमा अनसन कायमै

- Advertisement -Flowers in Chania

सर्वोच्च अदालतलाई अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई तारेखमा राखी अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाड्न आदेश दिएको हो ।

आदेश लगतै डा. केसी प्रहरी हिरासतबाट रिहा भएका छन् । उनी अदालतबाट सिधै शिक्षण अस्पताल पुगेर आमरण अनसन कायमै राखेका छन् ।

अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. केसीले आदेश सकारात्मक भएको र आमरण अनसन जारी राख्ने नराख्नेबारे भोलि निर्णय दिने बताए । ‘उहाँले जहाँ अनसन थाल्नु भएको थियो, त्यही बस्नु भएको छ’ डा. जीवन क्षेत्रीले भने ।

अदालतको अवहेलनाको मुद्दा गरेपछि सर्वोच्चको आदेशमा डा. केसीलाई सोमबार साँझ अनसनस्थलबाटै पक्राउ गरेका थिए । उनलाई मंगलबार सर्वोच्चमा उपस्थिच गराएर बयान लिइएको थियो भने बुधबार बहस भएको थियो ।

सर्वोच्चलेप्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता, उमेर विवादमा न्याय परिषद्ले गरेको निर्णय र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि झिकाउन आदेश दिएको छ । यससँगै पराजुली न्यायिक छानविनको दायरामा आएका छन् । पुस-२७, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्