25.1 C
Kathmandu
Flowers in Chania

८ वर्षपछि शून्यमा झर्‍यो काठमाडौंको तापक्रम, नवलपरासीमा बर्षकै चिसो

- Advertisement -Flowers in Chania

लगातार चिसो बढेको काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको छ । सन् २०१० पछि काठमाडौंको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान काठमाडौंको तापक्रम शून्य डिग्री मापन भएको छ । यो जम्लापछिको कम तापक्रम हो ।

तापक्रम घटेसँगै काठमाडौंमा निकै चिसो महसुस भएको छ । यसअघि पुस २० गते यहाँको तापक्रम १.५ डिग्री सेल्सियस मापन भएको थियो । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार, आकाशमा बादल नहुँदा र घाम नलाग्दा काठमाडौंको चिसो सन् २०१० पछिकै धेरै भएको हो ।

उत्तर–पश्चिम वायु चलिरहेकाले अबको २–३ दिन काठमाडौंको न्यूनतम तापक्रम शून्यकै वरिपरि रहने प्रक्षेपण पौडेलको छ ।

महाशाखाका अनुसार, काठमाडौंमा सन् १९७८ मा अहिलेसम्मकै कम माइनस ३.५ डिग्री तापक्रम मापन भएको थियो । काठमाडौंको तापक्रम सन् १९७८ पछि सन् २००० मा माइनस ३ मापन भएको थियो ।

यता नवलपरासीमा वर्षाकै बढी चिसो मापन गरिएको छ । अत्यधिक चिसो बढे पछि चोक चोक मा मुढा बालेर आगो तापेका दृश्य देख्न सकिन्छ भने । सर्व साधारण कम मात्रामा घर बाहिर निस्केका छन् । आज कावासोतीको तापक्रम  ७ डिग्री सम्म तल झरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, सबैभन्दा चिसो जुम्लामा छ । आइतबार बिहान ८:४५ बजे यहाँको तापक्रम माइनस ८ दशमलब ७ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौंपछि सबैभन्दा कम तापक्रम दाङ, दीपायल र वीरेन्द्रनगरमा छ । २०७४ पुष-२३

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्