हिजो मात्रै पुर्व डीआईजी तथा सांसद नवराज सिलवाल पक्राउ पूर्जी जारी भएको छ । पक्राउ पूर्जी जारी भएपछी नवराज सिलवालको सांसद् पद के हुने भन्ने बिशेष चासोको बिषय बनेको छ ।
सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी भने काठमाडौंमा छैनन् । उनी मलेसियाको क्वालालम्पुरमा छन् । पूर्व निर्धारित कार्यक्रममा भाग लिन आइतबार क्वालालम्पुर गएको पारविारिक स्रोतले बताएको छ ।
सिलवाल मलेसियामा एसियन इन्ष्टिच्यूट अफ टेक्नोलोजीले गरेको ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेन्ट विथ स्पेसियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन गएका बताईएको छ ।
कानुनविदका अनुसार सिलवालको सांसद् पद प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेकै आधारमा जाँदैन । यसका लागि अदालतमा मुद्दा दर्ता गर्नुपर्छ । अधिवक्ता डा. भीमार्जुन आचार्यले सिलवाल पक्राउ भएलगत्तै सांसद् पद नजाने बताएका छन् । पुस-१९, २०७४