27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 08:12

TRENDING .

कांग्रेस कार्यसम्पादन समिति बैठकः मुख्य एजेण्डा समानुपातिक सांसद छनोट, विशेष महाधिवेशनको पनि कुरा उठाउने नेताहरूको तयारी

- Advertisement -

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बिहान बस्ने भएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको परिणामपछि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलोपटक कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । चुनावको समिक्षा गर्न रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले बैठक बोलाउन दबाव दिँदै आएका थिए ।

पौडेल र सिटौला पक्षले चुनावमा पराजयको जिम्मेवारी लिँदै पद त्याग्नुपर्ने, विशेष महाधिवेशन बोलाउनुपर्ने मागसमेत गर्दै आएका छन् । आजको बैठकमा यस विषयले पनि प्रवेश पाउने कांग्रेसका एक नेताले बताए ।

तर प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकको मुख्य एजेण्डा भने प्रदेशसभातर्फको समानुपातिक सांसद छनोट रहेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । बैठकमा प्रदेशको समानुपातिक सांसद चयनसँगै राष्ट्रियसभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश र मुलुकको समसामयिक राजनीतिबारेसमेत छलफल हुने छ ।

प्रदेशसभाको समानुपातिकमा कांग्रेसले ७२ सिट पाउने भए पनि उसले यसको टुंगो लगाएको छैन । निर्वाचन आयोगले यी सिटहरुका लागि नाम सिफारिस गरेर पठाउन आजसम्मको समयसीमा दिएकोछ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति २९ सदस्यीय छ ।२०७४, पुष १४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्