नवलपुर उद्योग वाणिज्य सँघमा चुनावी सरगर्मी बढेको छ । नयाँ नेतृत्वका लागि उद्योगी व्यवसायीहरु प्यानल नैं बनाएर चुनावी मैंदानमा उत्रिएका छन् ।
नवलपरासी टुक्रिएर नयाँ जिल्ला घोषणा भएपछि हुन लागेको पहिलो निर्वाचन भएका कारण पनि चुनावलाई सर्वत्र चासोका रुपमा हेरिएकोछ । नवलपुर जिल्लाको सदरमुकाममा रहेको संघ भएकाले पनि संघप्रति चासो बढेको हो । नेतृत्वका लागि काँग्रेस र कम्युनिष्ट निकट व्यवसायीहरुले प्यानल खडा गरेका हुन् ।
नयाँ नेतृत्व चयनका लागि अधिवेशनको मिति नजिकिएसँगै मुलुक संघियतामा गएको र अब प्रदेश स्तरिय संघसमेत हुने भएपछी प्रदेश नंबर ४ को मुख्य नाकाको रुपमा रहने यस उद्योग वाणिज्य संघको नेतृत्वमा आर्कषण बढेको हो ।
यहि पुस २१ गते हुने सातौं साधारण सभा तथा चौथो अधिवेशनका लागि दलिय प्रतिस्पर्धा हुने भएको छ । यसअघि राजनितिक भागवण्डाको आधारमा छनौट गरिएको कार्यसमिति यसपटक भने चुनावमार्फत नै नेतृत्व चयन हुने भएको छ । नयाँ नेतृत्व चयनका लागि मंगलबारबाट सुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत शुक्रबार मध्यान्ह १२ बजेदेखि ४ बजेसम्म उमेद्वारी मनोनयन दर्ताको समय तोकिएको मुख्य निर्वाचन अधिकृत चेत नारायण भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार १५ गते बिहान १० बजे उमेद्वारहरुको नामावली प्रकाशन एंव उमेद्वारी उपर दावी विरोधको कार्यतालिका रहेको छ । १६ गते उमेद्वारी फिर्ताको समय तोकिएको छ भने १८ गते उमेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत भुषालले बताउनुभयो ।
प्रदेश र प्रतिनिधिसभाको चुनाबमा झैं गरि यहाँपनि नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका वाम गठबन्धन र नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
वाम गठबन्धनबाट डासुराज पोख्रेलको नेतृत्वमा चुनावी मैदानमा उत्रिदा नेपाली कांग्रेसको प्यानल पुष्प पाण्डेको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको छ । पोखरेल हाल वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ भने पाण्डे हालका कोषाध्यक्ष हुनुहुन्छ । पहिलो पटक हुन लागेको निर्वाचनबाट नेतृत्व कसको पोल्टामा जान्छ भन्ने बिषयमा अहिले नै भन्न नसकिने व्यवसायीहरुको भनाई छ ।
संघलाई अहिले सम्म काग्रेस निकट व्यवसायीहरुले नेतृत्व गर्दे आएका छन् । यसपटक काँग्रेस नेतृत्व तोडेर बाम गठबन्धनले नेतृत्व गर्ने गरि तयारी थालिएको बाम गठबन्धनका तर्फबाट अध्यक्षका उमेद्वार पोखरेलले बताउनुभयो । उहाले बाम गठबन्धनका सबै उमेद्वारहरुको जित सुनिश्चित रहेको दावीसमेत गर्नुभयो । संघको सस्थापक अध्यक्ष शालिकराम ढकाल र बर्तमान अध्यक्ष ओम प्रसाद पौडेल काँग्रेस निकट हुनुहुन्छ ।
निर्वाचनमा काँग्रेस निकट प्यानलबाट बरिष्ठ उपाध्यक्षमा बैकुण्ठ प्रसाद अर्यालले उमेद्वारी घोषणा गर्नुभएको छ । त्यसैगरी उद्योग उपाध्यक्षमा तेजराम भुसाल र वाणिज्य उपाध्यक्षमा गोविन्द बहादुर क्षेत्रीले उमेद्वारी घोषणा गर्नुभएको वर्तमान अध्यक्ष ओम प्रसाद पौडेलले जानकारी दिनुभयो । यस्तै महा–सचिवमा नवराज सुवेदी, सचिवमा खगिशरा लामिछाने र कोषाध्यक्षमा मनि प्रसाद गुरुङ्गले उमेद्वारी दिनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा हेमु शंकर देवकोटा, राम प्रसाद पौडेल, दिपक पौडेल, कृष्ण काफ्ले, नन्दलाल रिजाल र नारायण प्रसाद न्यौपानेले उमेद्वारी दिनुभएको वर्तमान अध्यक्ष पौडेलले बताउनुभयो ।
यसैगरी बाम गठबन्धनका तर्फबाट अध्यक्षमा पोखरेलसहित बरिष्ठ उपाध्यक्षमा हरी सुवेदी, उद्योग उपाध्यक्षमा हरीषचन्द्र पोखरेल र वाणिज्य उपाध्यक्षमा किरण कुमार श्रेष्ठले उमेद्वारी घोषणा गर्नुभएको छ । त्यस्तै संघको महासचिव पदमा केशवराज भट्टराई, सचिवमा लाल प्रसाद बराल र कोषाध्यक्षमा नेत्र प्रसाद सुनारले उमेद्वारी दिने सहमति भएको अध्यक्षका उमेद्वार डाँसुराज पोखरेलले जानकारी दिनुभयो ।
यसैगरी सदस्यहरुमा बाम गठबन्धनका तर्फबाट पदम बहादुर केसी, सागर पोखरेल, पुर्ण प्रसाद न्युरे, राजेन्द्र प्रसाद पाण्डे, युवराज बस्याल र रमेश अधिकारीले उमेद्वारी दिने पोखरेलले बताउनुभयो ।
१३ सदस्यीय समिति हुने संघमा मनोनितसहित १९ सदस्यीय कार्यसमिति हुनेछ । अधिवेशन अग्यौली सामुदायिक श्रोत पुस्तकालय कावासोती १६ डण्डामा हुने महासचिव हरिश्चन्द्र पोख्रेलले जानकारी दिनुभयो । यसअघि कात्तिक १७ गते तोकिएको अधिवेशन प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका कारण २ महिना पछी सारिएको हो । पुस-१३, २०७४