27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 12:22

TRENDING .

एमाले-माओवादी एकताको मोडालिटी बन्दै सरकारअघि एकताको खाका

- Advertisement -

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पाँच विषयमा छलफल भए संगै सरकार गठन र पार्टी एकता प्याकेजमै गर्ने समझदारी भएको छ ।

हिजो ओलीले फोन गरेर बोलाएपछि प्रचण्ड ओली निवास बालकोट पुगेका थिए । उनीहरुबीच दुवै प्रमुखको हैसियतमा रहने गरी एकताको मोडालिटीमा करिब-करिब सहमति भइसकेको स्रोतलाई उद्धृत गर्दै नयाँ पत्रिकाले समाचार लेखेको छ ।

‘ओलीले सरकारको नेतृत्व गर्दा प्रचण्डले एकीकृत पार्टीको नेतृत्व पाउने गरी नै दुई नेताबीच करिब-करिब समझदारी भइसकेको स्रोतको दाबी छ,’ समाचारमा लेखिएको छ, ‘त्यस निम्ति अध्यक्ष र सहअध्यक्ष पद रहने कि, दुई वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन हुने गरी तयारी समिति बनाएर जाने भन्ने विकल्पमा छलफल केन्द्रित छ ।’

दुई नेताबीच सवा घण्टा छलफल भएको र प्रधानमन्त्री शेरबहादुर देउवालाई मार्गप्रशस्तका लागि दबाव दिनुपर्ने निष्कर्ष पनि निकालिएको नया पत्रिकाले छापेको समाचारमा उल्लेख छ ।

सरकारअघि एकताको खाका

एमाले र माओवादीले नयाँ सरकार गठनअघि नै पार्टी एकताको खाका तयार पार्ने जनाएको समाचारलाई मुख्य समाचार बनाएर छापेको छ । पार्टी एकता र सरकार निर्माणलगायत विषयमा संशय पैदा हुन थालेपछि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड छिटो एकताको खाका तयार गर्दै सरकार निर्माणतर्फ लाग्ने निष्कर्षमा पुगेका समाचारमा उल्लेख छ ।

‘भेटमा एकता र सरकार निर्माणमा भइरहेको आशंका चिर्दै छिटो निष्कर्षमा पुग्ने समझदारी भएको दुवै दलका नेताहरुले बताएका छन्,’ कान्तिपुरले समाचारमा लेखेको छ, ‘एकता र सरकार निर्माणको विषयमा दुई नेताकै तहमा धेरै कुरा छिनोफानो गरेपछि पार्टी एकता संयोजन समितिको बैठकबाट त्यसलाई अन्तिम टुंगो लगाउने तयारी छ ।’

समाचारमा लेखिएअनुसार एमाले-माओवादीबीच प्रधानमन्त्री र अध्यक्ष बाँडफाँट गर्ने, दुवै दलका अध्यक्षको संयुक्त नेतृत्व रहने तथा प्रधानमन्त्री र पार्टी नेतृत्व आलोपालो गर्ने विकल्पहरु चर्चामा छन् ।

कान्तिपुरले सरकारले कात्तिक १ गते पठाएको राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले साढे दुई महिनासम्म पनि स्वीकृत नगर्दा राजनीतिक गतिरोध बढ्नुका साथै राष्ट्रियसभा निर्वाचन, प्रदेश र केन्द्रीय सरकार निर्माणको प्रक्रिया अवरुद्ध भएको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ ।कान्तिपुर दैनिकबाट , २०७४, पुस-१३,

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्